back
NMB ad

चिसोका कारण दिल्लीका विद्यालयहरूमा साना कक्षाको पठनपाठन बन्द रहने     

Kumari bank ad

नयाँदिल्ली, २२ पुस : चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि आगामी जनवरी १२ सम्म विद्यालय बन्द हुने भएका छन् ।

दिल्लीका महिला तथा बालबालिका विकाससम्बन्धी दिल्लीका मन्त्री आतिशी मार्लेनाले भन्नुभयो, “चिसो मौसमका कारण नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिल्लीका विद्यालयहरू आगामी ५ दिन बन्द रहनेछन् ।”

दिल्ली सरकारले अघिल्लो आदेशमा ‘अत्यधिक शीतलहर’ र राष्ट्रिय मौसम विज्ञान विभागले दिएको चिसो मौसम हुने पूवानुमानको चेतावनी’ लाई ध्यानमा राख्दै राष्ट्रिय राजधानी क्षेत्र (एनसीटी) का सबै सरकारी सहायता प्राप्त, गैर–सहायता प्राप्त र सरकारी मान्यता प्राप्त निजी विद्यालयहरूमा जाडो बिदा जनवरी १० सम्म लम्ब्याएको छ ।

यद्यपि, जारी भएको केही घण्टापछि दिल्ली सरकारले राष्ट्रिय राजधानीभित्रका विद्यालयहरूमा जाडो बिदाको विस्तारसँग सम्बन्धित त्यो आदेश फिर्ता लिएको थियो ।

दिल्ली, पूर्वी राजस्थानका केही भाग, उत्तर पश्चिम राजस्थान, हरियाणा र पञ्जाबका केही भागहरूमा घाम नलाग्दा केही दिनदेखि मौसमको अवस्था अत्यधिक चिसो बनेको छ ।

विभिन्न स्टेशनहरूमा रेकर्ड गरिएको अधिकतम तापमानले वर्षको यस समयको लागि सामान्य दायराबाट महत्वपूर्ण प्रस्थान प्रदर्शन ग¥यो ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार दिल्ली, पञ्जाब, हरियाणा र राजस्थानमा आगामी एक दिन अत्यधिक चिसोको स्थिति जारी रहने छ । पञ्जाब र हरियाणाका धेरै भागहरूमा अधिकतम तापक्रम ९–१२ डिग्री सेल्सियसको हाराहारीमा रहने छ र उत्तरी राजस्थान, दिल्ली, उत्तर–पश्चिम मध्य प्रदेश र उत्तर प्रदेशका केही भागहरूमा १३–१६ डिग्री सेल्सियसको नजिक रहने छ ।

यी क्षेत्रहरूमा चिसो ४–९ डिग्री सेल्सियसभन्दा कम रेकर्ड गरिएको छ । राजस्थान, पञ्जाब, हरियाणा–चण्डीगढ–दिल्ली, उत्तर प्रदेश, उत्तरपश्चिम मध्य प्रदेश, बिहार र झारखण्डको न्यूनतम तापक्रम ६ देखि १५ डिग्री सेल्सियसको बीचमा रहेको जनाइएको छ ।

वि.सं.२०८० पुस २२ आइतवार १४:४९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...