back
NMB ad

पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढ्छ   

Kumari bank ad

महेन्द्रनगर, २४ पुसः परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताउनुभएको छ । उहाँले हालै नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश मन्त्रीस्तरमा सो परियोजनाका बारेमा छलफल भएको जानकारी दिँदै उहाँले अबको एक महिनाभित्र परियोजनाको काम अघि बढाउने गरी निर्णय भएको जानकारी बताउनुभयो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आजदेखि सुरु भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साउदले उक्त परियोजनाको काम यथाशीघ्र प्रारम्भ गर्न भारत भ्रमणका बेला प्रधानमन्त्रीस्तरमा पनि छलफल भएको स्मरण गराउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा दुवै देशका प्रधानमन्त्रीले परियोजनाका बारेमा छलफल गर्नुभएको बताउनुभएको हो ।

“परियोजनाबाट उत्पादन हुने बिजुली भारतलाई बिक्री गर्दा पनि हाम्रो अर्थतन्त्रमा थप सुधार आउँछ,” मन्त्री साँदले भन्नुभयो, “यो विशाल परियोजनाबाट रोजगारीका अवसर पनि सृजना हुन्छन् ।” दश बर्षभित्र दश हजार मेगाबाट बिजुली बेच्ने सम्झौता भएको बताउँदै मन्त्री साउदले देशको अर्थतन्त्रलाई कृषि, पर्यटन र ऊर्जा उत्पादनबाटै उठाउन सकिने बताउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री साउदले रुस–युक्रेन युद्धमा दशजना नेपालीले ज्यान गुमाएका बताउँदै उहाँले रुसमा हराइरहेका एक सय १५ जनाको उद्धारका निम्ति आवेदन परेको जानकारी दिनुभयो । सरकारले रुसी सेनामा भर्ती नहुन गरेको अनुरोधका बाबजुद केही नेपाली त्यहाँ भर्ती भएका र युद्धमा ज्यान गुमाएका बताउनुभयो । “विद्यार्थी र भिजिट भिषामा रुसमा दुई सयजना रहेका अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “जोखिमयुक्त मुलुकमा रोजगारीका लागि नेपालीलाई पठाउने सरकारको नीति छैन ।” रुसमा रहेकालाई सकुशल फिर्ता ल्याउने, शव ल्याउने र घाइतेको उद्धार गर्ने प्रयत्न भइरहेको जानकारी दिनुभयो ।

त्यसैगरी, आतङ्कवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको रिहाइमा सरकार निरन्तर लागिपरेको बताउँदै त्यसमा कतारबाट पनि सहयोग हुने आश्वसान प्राप्त गरेको जानकारी दिनुभयो ।

मन्त्री साउदले तीनवटै तहका सरकारले जनअपेक्षा पूरा गर्न इमान्दारितापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०८० पुस २४ मंगलवार १५:५७ मा प्रकाशित

You can share this post!

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:५६

धरान (सुनसरी), २९ वैशाख : धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले...

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४९

रसुवा २९ वैशाख : चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश...

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४४

काठमाडौँ, २९ वैशाख : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...