back
NMB ad

सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने   

Kumari bank ad

चितवन, २८ पुस : भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताउनुभएको छ । ड्राइभिङ स्कुल सङ्घको पाँचौ महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताउनुभयो ।

मन्त्री ज्वालाले भन्नुभयो, “आज मात्रै ६ लाख कार्ड ल्याइएको छभने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौं । लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौँ ।” उहाँले भन्नुभयो, “माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जान्छ, अनि समस्या हट्दै जान्छ ।”

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले व्यवसायमार्फत राज्यमा ड्राइभिङ स्कुलहरूले रोजगारी सृजना गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्कुल सञ्चालनमा देखिएका समस्या समाधानका लागि तीनवटै तहका सरकारले नीति बनाएर सहयोग गर्नुपर्नेछ ।”

नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, नेकपा एमालेका भक्तिप्रसाद गौतम, नेपाल किसान महासङ्घका सचिव भरतप्रसाद फुयाल, सङ्घका अध्यक्ष रामचन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष खगेन्द्र वुढाथोकीलगायत वक्ताले मन्तव्य व्यक्तभएको थियो ।

अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा देशभर एक हजार पाँच सय व्यवसायीका तीन सय ५० जना प्रतिनिधि सहभागी छन् ।

वि.सं.२०८० पुस २८ शनिवार १७:२३ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...