back
NMB ad

कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ   

Kumari bank ad

जेनेभा, २८ पुस : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताउनुभएको छ ।

अध्ययनका अनुसार कोभिड–१९ को पुष्टि गरिएका घटनाहरू सार्वजनिक भएभन्दा दुई देखि १९ गुणा बढी भएको महामारी तथा सङ्क्रमण रोकथामका लागि जिम्मेवार विश्व स्वास्थ्य सङ्गठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले विशेष विश्लेषणमा बताउनु भएको हो ।

कोभिड–सम्बन्धित मृत्युमा ठूलो कमी आएको भएता पनि ५० देशबाट अझै पनि प्रति महिना करिब दश हजारको मृत्यु हुने गरेको रिपोर्ट गरिएको छ ।

भ्यान केरखोभले भाइरसको विकसित प्रकृतिको बारेमा चिन्ता व्यक्त गर्दै कोभिड–१९ को पछिल्लो संस्करणले विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्लेषण गरिएको विश्वव्यापी अनुक्रमहरूको लगभग ५७ प्रतिशत प्रतिनिधित्व गर्ने बताउनुभएको छ ।

विशेष मापदण्डद्वारा परिभाषित, गम्भीर थकान, फोक्सोको कमजोरी, न्यूरोलोजिक समस्याहरू, र रोगको तीव्र चरणपछि चार देखि १२ महिना वा सोभन्दा लामो समयसम्म रहिरहने हृदयघातजस्ता लक्षणसहित, कोभिडपछिको अवस्था चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।

डिसेम्बर २०२३ को अन्त्यसम्ममा ७० लाखभन्दा बढी कोभिड–१९ सङ्क्रमण पछि मृत्यु भएको विश्व स्वास्थ्य सङगठनले जनाएको छ ।

वि.सं.२०८० पुस २८ शनिवार १७:३३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...