back
NMB ad

कर्जाको ब्याजदर एकल अङ्कमा कायम गर्न आग्रह   

Kumari bank ad

काठमाडौँ, २८ पुस : उद्योगी तथा व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर एकल अङ्कमा कायम गर्न सरकारलाई आग्रह गरेका छन् ।

नेपाल जुत्ताचप्पल उद्योग व्यवसायी सङ्घको ‘दशौँ वार्षिक साधारणसभा एवं पाँचौँ महाधिवेशन’को आज उद्घाटन गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले साना तथा मझौला व्यवसायीलाई व्यवसायको वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको हो ।

“बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण कतिपय उद्योगी व्यवसायी आफ्नो व्यापार व्यवसायबाट पलायन हुनुपर्ने अवस्था छ, बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल अङ्कमा कायम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष कार्कीले घरभाडा महँगो हुँदा व्यापार-व्यवसायीलाई समस्या परेको भन्दै वैज्ञानिक घरभाडा लागू गर्न मागसमेत गर्नुभयो । उहाँले चीनसँग जोडिएका नेपाली नाकामा व्यवसायीलाई समस्या परेको भन्दै यसलाई सहजीकरणका लागि कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गर्नुभयो । महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले जुत्ताचप्पल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्नुपर्ने बताउनुभयो ।

नेपाल जुत्ताचप्पल व्यवसायी सङ्घका अध्यक्ष दक्षमणि गौतमले स्वदेशमा उत्पादित जुत्ताचप्पललाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल जुत्ताचप्पलको क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई सम्मान गरिएको थियो ।

वि.सं.२०८० पुस २९ आइतवार ०७:३५ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...