back
NMB ad

पाथीभरामा एक महिनाको भेटी  ३५ लाख   

Kumari bank ad

फुङ्लिङ, ३ माघ : ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुसमा मात्र कूल रु ३५ लाख २९ हजार भेटी रकम सङ्कलन भएको हो । पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम सङ्कलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ ।

सङ्कलित यो रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उहाँले बताउनुभयो । सङ्कलित पुसको यो पछिल्लो समेत गरी पाथीभरामा जम्मा भएको भेटी रकम रु आठ करोड ७० लाख ५२ हजार पाँच सय ४८ पुगेको छ ।

वि.सं.२०८० माघ ३ बुधवार १६:३३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...