back
NMB ad

नशामा रहेका यात्रुले परिचारकलाई टोकेपछि विमान गन्तव्यबाट फिर्ता   

Kumari bank ad

टोकियो, ३ माघ : अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एअरवेज (एएनए)को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फकाइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ ।

एएनएका प्रवक्ताले एएफपीलाई बताएअनुसार ५५ वर्षीय एक अमेरिकी नागरिकले मादक पदार्थ सेवन गरेर चालक दलका सदस्यको पाखुरामा टोकेका थिए ।

एएनएका अनुसार उक्त घटनाका कारण १५९ यात्रुसहित आकाशमा उडिरहेको विमानलाई चालकले प्यासिफिकको हनेदा विमानस्थलमा फर्काएका थिए ।

जापानी प्रसारक टीबीएसबाट प्रशारित समाचारमा ती यात्रुले अनुसन्धानकर्तासँग आफ्नो व्यवहारबारे आफुलाई ‘पटक्कै केही याद नभएको’ बताइएको छ ।

यस घटनालाई ‘जोम्बी चलचित्रको सुरुवात’ सँग तुलना गर्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाबारे पोष्टहरू सार्वजनिक गरेका छन् भने केहीले यस वर्ष अहिलेसम्म भएका जापानी हवाई घटनाको बारेमा दुःख व्यक्त गरेका छन् । जापानमा दुई हप्ताभन्दा कम समयमा चार अन्य घटनाहरू पत्रपत्रिकामा हेडलाइनमा बनेर आइसकेका छन् ।

गत जनवरी २ मा हानेदामा जापान एयरलाइन्सको विमान र सामुद्रिक सुरक्षार्थ खटिएको सुरक्षागार्डको सानो विमान ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा जेएएल एयरबसमा सवार सबै ३७९ जना विमानमा आगो लाग्नुअघि नै सकुशल झर्न सफल भएका थिए भने मध्य जापानमा गएको ठूलो भूकम्पपछि राहत कार्यमा सहयोग गरिरहेको सानो विमानमा सवार छ जनामध्ये पाँच जनाको मृत्यु भएको थियो ।

मङ्गलबार कोरियन एयरको विमानको पखेटा उत्तरी टापु होक्काइदोको विमानस्थलमा गुडिरहेको समयमा क्याथे प्यासिफिकको पार्किङ गरिराखेको विमानसँग ठोक्किएको थियो ।
कोरियन एयरका अनुसार भारी हिमपातका कारण ‘थर्ड पार्टी ग्राउन्ड ह्यान्डलर’ चिप्लिएपछि विमान दुर्घटना भएको हो ।

गत आइतबार सिकागो विमानस्थलमा डेल्टा एयर लाइन्सको विमानसँग एएनएको विमान ‘ठक्कर खाँदा’ पनि यस्तै दुर्घटना भएको जापानी एयरलाइन्सले एएफपीलाई जानकारी दिएको छ ।

बोइङ ७३७–८०० विमानको ककपिटको झ्यालमा समस्या देखिएपछि एएनएको अर्को विमान शनिबार नै आकस्मिक अवतरण गर्नुपरेको थियो ।

सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटीका उड्डयन विज्ञ डग ड्रुरीले एएफपीसँग भन्नुभयो, “ धेरै विमानस्थलहरूले निर्माण गरिएका भन्दा ठूला विमानहरू ह्यान्डल गरिरहेका छन् त्यसैले ‘विङ स्ट्राइक’ का घटनाहरू हुन्छन् ।”

उहाँले भन्नुभयो, “उचाईमा तापक्रम अत्यधिक हुने भएकाले विमानमा तातो सन्तुलन प्रणालीमा खराबी आएका कारण झ्याल फुटेको हुन सक्छ ।”

उड्डयन विज्ञ ड्रुरीले भन्नुभयो, “यो असामान्य कुरा होइन र मेरो क्यारियरको दौडान मैले पनि अनुभव गरेको छु ।

वि.सं.२०८० माघ ३ बुधवार १७:१६ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...