back
NMB ad

संसद् बैठक ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्न छलफल   

Kumari bank ad

काठमाडौँ, ७ माघ : संसद्को आगामी सत्रदेखि ‘क्यालेन्डर’ बनाएर सञ्चालन गर्ने सम्बन्धमा छलफल गरिएको छ । सभामुख देवराज घिमिरेले आज प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिका सभापतिसँग सो विषयमा संयुक्तरुपमा छलफल गर्नुभएको हो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “संसद्को आगामी अधिवेशनदेखि नै थप प्रभावकारी ढङ्गले बैठक सञ्चालन गर्न क्यालेन्डर निश्चित गर्ने र त्यसका लागि १५ दिनको, ३० दिनको र सिङ्गो सत्रका लागि अलगअलग क्यालेन्डर बनाउनेबारेमा छलफल भएको छ ।” साथै संसद्को सत्र कहिलेसम्म सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल भएको र विभिन्न रायसुझाव प्राप्त भएको उहाँले बताउनुभयो ।

सभामुख घिमिरेले आगामी हिउँदे सत्र चाँडै बोलाउने र त्यसका लागि गर्नैपर्ने तयारीका सम्बन्धमा पनि राय, परामर्श प्राप्त भएको बताउनुभयो । बैठकमा उहाँले समितिमा विधेयकसम्बन्धी अवस्था र बाँकी रहेका विषयका बारेमा जानकारी लिनुका साथै आवश्यकताअनुसार बैठक बोलाएर समझदारीका साथ छिटो सक्न निर्देशन दिनुभएको थियो ।

सो अवसरमा एउटै विषयमा फरकफरक समितिले गर्ने छलफल सम्बन्धमा कुरा भएको र समन्वयका लागि सभामुखले निर्देशन दिनुभएको थियो । बैठकमा दातृ निकायबाट समितिलाई हुने विभिन्न सहयोगका विषयमा पनि छलफल भएको र त्यस्तो छलफल एकीकृतरुपमा तथा संसद् सचिवालयलमार्फत गर्दा राम्रो हुने सुझाव आएको सभामुख घिमिरेले बताउनुभयो ।

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशी, कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, अर्थसमितिका सभापति सन्तोष चालिसे सहभागी हुनुहुन्थ्यो ।

वि.सं.२०८० माघ ७ आइतवार १४:३९ मा प्रकाशित

You can share this post!

कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैनः अर्थमन्त्री   

कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैनः अर्थमन्त्री   

वि.सं.२०८१ जेठ १७ बिहीवार २०:१२

काठमाडौँ, १७ जेठः अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई दबाबमा राखेर...

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागद्वारा दुई वटा फार्मेसीमा तालाबन्दी   

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागद्वारा दुई वटा फार्मेसीमा तालाबन्दी   

वि.सं.२०८१ जेठ १७ बिहीवार २०:०८

काठमाडौँ, १७ जेठ : काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय...

नारायणघाटमा एनसेलको नयाँ एनसेल सेन्टर उद्घाटन

नारायणघाटमा एनसेलको नयाँ एनसेल सेन्टर उद्घाटन

वि.सं.२०८१ जेठ १७ बिहीवार २०:०२

काठमाडौ । एनसेल आजियाटा लिमिटेडले नारायणघाट, चितवनमा आफ्नो नयाँ एनसेल...

सुर्खेत जिप दुर्घटना : चार जनाको मृत्यु, दुई घाइते   

सुर्खेत जिप दुर्घटना : चार जनाको मृत्यु, दुई घाइते   

वि.सं.२०८१ जेठ १७ बिहीवार १९:४४

काँक्रेविहार (सुर्खेत), १७ जेठ : सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप...

कृषि तथा पशुपक्षी बीमा निरन्तर रहने : कृषि मन्त्रालय   

कृषि तथा पशुपक्षी बीमा निरन्तर रहने : कृषि मन्त्रालय   

वि.सं.२०८१ जेठ १७ बिहीवार १९:४०

काठमाडौँ, १७ जेठ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि...

नेपालका बालबालिकालाई तीन वर्षभित्र कुपोषणमुक्त गर्ने अभियान सुरु   

नेपालका बालबालिकालाई तीन वर्षभित्र कुपोषणमुक्त गर्ने अभियान सुरु   

वि.सं.२०८१ जेठ १७ बिहीवार १७:४८

काठमाडौँ, १७ जेठः तीन वर्षभित्र नेपालभरका बालबालिकालाई कुपोषणमुक्त गर्ने अभियान...