back
NMB ad

ब्रिटिस कलेज र क्यानडाको सेनेका कलेजबीच सहकार्यको सम्झौता

Kumari bank ad

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले क्यानडाको अग्रणी शैक्षिक संस्था सेनेका कलेजसँग सहकार्यको सम्झौता गरेको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीले आफ्नो दायरालाई अझै बृहत बनाउने क्रममा अन्तर्राष्ट्रिय शैक्षिक संस्था सेनेकासँग सहकार्य गरेको हो ।

सोमबार सेनेका कलेजमा भएको ऐतिहासिक कार्यक्रमबीच टीबीसीका सीईओ राजन कँडेल र सेनेकाका अध्यक्ष डेभिड एग्नेउले सहकार्यलाई औपचारिक रुप दिएका हुन् । सहकार्यसँगै टीबीसीका विद्यार्थीहरुले विश्वव्यापी शैक्षिक अनुभवको अवसर प्राप्त गर्नेछन् । यो साझेदारीसँगै टीबीसीको विद्यार्थीहरुको लागि यो एउटा सुवर्ण मौका बनेको छ, जसअन्तर्गत विद्यार्थीहरुले दोस्रो वर्षदेखि सेनेकामा ‘क्रेडिट ट्रान्सफर’को सुविधा प्राप्त गर्नेछन् ।

औपचारिक रुपमा सहकार्यको सम्झौता भएपछि उत्साह प्रकट गर्दै ब्रिटिस कलेजका सीईओ कँडेलले भने, ‘विद्यार्थीहरुलाई विश्वस्तरिय शिक्षा र विश्वव्यापी अवसरहरु प्रदान गर्ने हाम्रो प्रतिबद्धतासँग यो सहकार्य पूर्ण रुपमा मेल खाएको छ । उत्कृष्टता र नवीनताको लागि सेनेका प्रतिष्ठित शैक्षिक संस्था भएकोले टीबीसीको लागि यो एउटा ऐतिहासिक साझेदारी हो ।’

सेनेका कलेज विविध र समावेशी सिकाई वातावरणको लागि विश्वभरी प्रख्यात छ । अन्र्तराष्ट्रिय सम्बन्धहरुलाई विस्तार गर्न र टीबीसीका विद्यार्थीहरुलाई विश्वव्यापी सफलताको मार्ग प्रशस्त गर्नको लागि सहकार्य महत्वपूर्ण छ । यस्तै, सम्झौताले विद्यार्थीहरुलाई क्यानडाको जीवन्त संस्कृति र विश्वस्तरिय शिक्षा प्रणालीको लागि एक्पोजर प्रदान गर्नुको साथै दुई संस्थाहरुबीचको सम्बन्धलाई बलियो बनाउने र सांस्कृतिक आदान–प्रदानसँगै अनुसन्धान तथा विकासलाई समेत बढावा दिने कलेजको विश्वास छ ।

वि.सं.२०८० माघ १० बुधवार १७:५८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...