back
NMB ad

सर्वसाधारणले रिलायन्स स्पिनिङको आईपीओ भर्न कम्तीमा ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्ने

Kumari bank ad

काठमाडौं । बुक बिल्डिङबाट खुलेको रिलायन्स स्पिनिङको प्राथमिक सेयर (आईपीओ) भर्न सर्वसाधारणलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने भएको छ । बुक बिल्डिङ विधिबाट खुलेको आईपीओमा संस्थागत लगानीकर्ताले उच्च मूल्यमा बोलकबोल गरेपछि सर्वसाधारणलाई कम्पनीको मूल्य महँगो पर्ने भएको हो ।

रिलायन्समा संस्थागत लगानीकर्ताले दिएको बोलपत्र आवेदन सोमबार खोलिएको छ । बोलपत्र आवेदनअनुसार संस्थागत लगानीकर्ताहरुले अधिकतम मूल्य ९१२ रुपैयाँमा ठूलो कित्ता सेयर माग गर्दै आवेदन दिएका छन् ।

नेप्सेका अनुसार प्रतिकित्ता ९१२ रुपैयाँका दरले संस्थागत लगानीकर्ताले दिएको मूल्यले नै सम्पूर्ण सेयर कभर हुने भएपछि कटअफ मूल्य ९१२ रुपैयाँ तय भएको छ । बुक बिल्डिङमा कटअफ मूल्यको १० प्रतिशत घटाएर सर्वसाधारणका लागि सेयर जारी गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार सर्वसाधारणलाई यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा पर्नेछ । त्यस्तै सर्वसाधारणले कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने छ । यसअनुसार कम्पनीको आईपीओ भर्न एक व्यक्तिलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने भएको छ ।

कम्पनीले दोस्रो चरणमा प्रभावित स्थानीय तथा वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ खोल्नेछ । त्यसपछि तेस्रो चरणमा मात्रै आम सर्वसाधारणका लागि आवेदन खुल्नेछ । यसअघि सर्वोत्तम सिमेन्टको आईपीओ यहीं विधिबाट निष्कासन भइरहेको छ ।

वि.सं.२०८० माघ १५ सोमवार १७:२७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...