back
NMB ad

सरकारका जनमुखी कदमले गणतन्त्रप्रति जनताको भरोसा बढ्यो : प्रधानमन्त्री   

Kumari bank ad

काठमाडौँ, १७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको जनमुखी कदमले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताउनुभएको छ ।

नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवका उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उहाँले जनतामा ‘अब चाहिँ केही हुन्छ’ भन्ने सकारात्मक सोचको विकास र नयाँ आशाको सञ्चार हुनु सकारात्मक उपलब्धि मान्नुपर्ने बताउनुभयो । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसबीचमा इतिहासले सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय काम अघि बढाएको बताउनुभयो ।
“सरकारले गरेको नक्कली भूटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “मिटरब्याजपीडितको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्रजस्ता कार्यले जनतामा आशा जगाएको छ ।”

सरकारले चालेका सुधारात्मक कदमबाट देशको अर्थतन्त्रसमेत लयमा फर्किइसकेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “दैनिक सेवा प्रवाह गर्ने कार्यालयमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निःशुल्क शय्याको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार र पाठ्यपुस्तक, मलको आपूर्तिसहित सामाजिक न्यायको क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रशंसा भइरहेको छ ।”

प्रधानमन्त्रीले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेन्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारका लागि निर्मित कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कोभिड–१९ र विश्वमै आएको आर्थिक मन्दीका कारण केही वर्षदेखि नेपालको विज्ञापन बजार खुम्चिएकाले नेपालका सञ्चारमाध्यमले भोग्नुपरेका समस्याबारे आफू जानकार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले विषम अवस्थामा पनि राष्ट्रिय प्रसारण संस्था नेपाल टेलिभिजनले प्रसारकको जननी हुनुको गौरवलाई जोगाई राख्नुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०८० माघ १७ बुधवार ११:५६ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...