back
NMB ad

माई खोला हाइड्रोपावरको नाफामा गिरावट, कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७६ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २५.८० प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको पुससम्म कम्पनीले १ करोड २ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो । हाइड्रोपावरले पुससम्म ४ करोड ४३ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ४ करोड ७३ लाख रुपैयाँको विद्युत बिक्रीबाट आम्दानी गरेको थियो । यसको वित्तीय खर्च २ करोड १ लाखबाट घटेर १ करोड ९७ लाख रुपैयाँमा झरेको छ । हाल माई खोलाको चक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ७६ लाख ८५ हजार रुपैयाँ जम्मा रहेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ९६ पैसा रहेको छ ।

वि.सं.२०८० माघ १९ शुक्रवार १०:५९ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...