back
NMB ad

साढे तीन महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पुनःसुरु   

Kumari bank ad

मकवानपुर, २३ माघ : साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको पुनःउत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यकपर्ने कच्चापदार्थ कोइलाको अभावमा विगत लामो समयदेखि सिमेन्ट उत्पादनलाई बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ ।

उद्योगमा आर्थिक सङ्कट भएका कारणले बोलपत्र आह्वान गरी कोइला खरिद गर्न कठिनाइ उत्पन्न भएको सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिनुभयो । उद्योग व्यवस्थापनले हालै बोलपत्र आह्वान गरिएको र वैकल्पिक उपायको अवलम्बन गरी हाल दुई चरणमा करिब एक हजार आठ सय मेट्रिकटन कोइला ल्याई सकिएको एवं अर्को चरणमा थप कोइला ल्याइने प्रक्रिया सुरु भइसकेको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले  जानकारी दिनुभयो ।

कोइला ल्याउने ढुवानीकर्तासँग उद्योग व्यवस्थापनले वैकिल्पक उपाय अवलम्बन गरी आपसी समझदारीका आधारमा थप कोइला उधारोमा ल्याइरहेको पनि उहाँले सुनाउनुभयो । सिमेन्ट उत्पादन गर्न प्रयोग हुने क्लिङ्कर यन्त्र आजदेखि पुनःसञ्चालनमा ल्याइएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि दैनिक १०० मेट्रिकटन कोइला आवश्यक पर्दछ । यसैबीच सो उद्योगका महाप्रबन्धक पाण्डेले अब नियमित कोइला आपूर्ति भइरहने हुँदा निकट भविष्यमा उद्योग बन्द नहुने बताउनुभयो ।

उद्योगमा साविक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा रहेकामा हाल विभिन्न उपकरण जीर्ण भएको हुँदा अहिले दैनिक १० हजार बोरामात्र सिमेन्ट उत्पादन हुने गरेको सो उद्योगले जनाएको छ । रु एक अर्ब ३८ करोडको लगानीमा विसं २०३३ मा हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरिएको थियो ।

सो सिमेन्ट उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरुपमा सिमेन्ट उत्पादन गरी काठमाडौँलगायत विभिन्न सहरमा खपत गर्दै आएको थियो । अहिले सो उद्योगमा प्रशासन, प्राविधिक र मजदुर गरी एक सय ५० जनाले प्रत्यक्ष रोजगारीका अवसर प्राप्त गरिरहेका छन् । हालै सिमेन्ट उद्योगले उत्पादन गरेका करिब दुई लाख २५ हजार बोरा सिमेन्ट काठमाडाँै, पोखरा, विराटनगर, जनकपुरलगायत अन्य सहरमा खपत हुन नसक्दा उद्योगले आर्थिक सङ्कटबाट मुक्त हुन नसकेको पनि उद्योगका महाप्रबन्धक पाण्डेले बताउनुभयो ।

महाप्रबन्धक पाण्डेले उक्त उद्योगलाई अब नयाँ प्रविधिबाट सञ्चालनमा ल्याउन सरकार र सम्बन्धित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग व्यवस्थापनले वैकल्पिकरुपमा नयाँ यन्त्र जडान गर्न र आवश्यक कच्चा पदार्थ कोइला खरिदका लागि अनुदान रकम उपलब्ध गराइदिन विभिन्न चरणमा वार्ता भइरहेको तथा उहाँहरुलाई उद्योगको अवस्थाबारे स्थलगत अध्ययन गराइसकेको स्पष्ट पार्नुभयो ।

वि.सं.२०८० माघ २३ मंगलवार १६:५८ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...