back
NMB ad

माल्दिभ्स सङ्कटसहित उच्च ऋण जोखिममा छ : आईएमएफ   

Kumari bank ad

माल्दिभ्स, २५ माघ 
बढ्दो वित्तीय घाटा र सार्वजनिक ऋणको बिचमा माल्दिभ्स ऋण सङ्कटको उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले जनाएको छ ।

पियापोर्न सोड्स्रीविबुनको नेतृत्वमा आईएमएफको टोलीले हालैको आर्थिक घटनाक्रम र देशको नीतिगत प्राथमिकताहरूबारे छलफल गर्न जनवरी २३ देखि फेब्रुअरी छसम्म माले भ्रमण गरेपछि रिपोर्ट सार्वजनिक गरेको हो ।

माल्दिभ्सको अर्थतन्त्र सन् २०२२ मा १३.९ प्रतिशतले विस्तार भएको र सन् २०२३ मा ४.४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

सन् २०२४ मा पर्यटक आवागमन वृद्धि भई ५.२ प्रतिशत पुग्ने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विश्वव्यापी वित्तीय एजेन्सीले इन्धनको बढ्दो मूल्य तथा व्यापक आयात मागको बिचमा सन् २०२४ मा ठुलो घाटा रहने अनुमान गरेको छ ।

महत्वपूर्ण नीतिगत परिवर्तन नभएसम्म वित्तीय घाटा र सार्वजनिक ऋण निरन्तर बढ्ने अनुमान गरिएको छ ।

बाढी तथा बढ्दो समुद्री सतहका कारण माल्दिभ्स गम्भीर आर्थिक लागतका जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आइएमएफका अनुसार सङ्कट कम गर्न, सार्वजनिक वित्त तथा ऋणको दिगोपन पुनः स्थापना गर्न कडा मौद्रिक र विवेकपूर्ण नीतिसहित दिगो वित्तीय सुदृढीकरण आवश्यक छ ।

ग्लोबल फाइनान्सियल एजेन्सीले जलवायु अनुकुलन प्रयासहरूलाई समर्थन गर्न संस्थालाई बलियो बनाउन सुझाव दिएको छ । जसले अतिरिक्त जलवायु वित्तपोषणमा पहुँच वृद्धि गरी जलवायुसम्बन्धी प्रतिबद्धताहरू पूरा गर्न मद्दत गर्ने एजेन्सीले जनाएको छ ।

वि.सं.२०८० माघ २५ बिहीवार १६:२५ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...