back
NMB ad

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा ९६.४८ प्रतिशतले बढेर २१ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड १८ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १३७.०५ प्रतिशतले बढेर २ अर्ब ६२ करोड ६ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब १० करोड ५४ लाख ९७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी १६६.४१ प्रतिशतले बढेर ७४ करोड ४५ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्दा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४४ पैसा छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । कुल आम्दानी ३ अर्ब ४० करोड छ भने कुल खर्च ३ अर्ब १८ करोड रुपैंया रहेको छ ।

वि.सं.२०८० माघ २८ आइतवार १०:३६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ १ मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १४:५४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य...

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

गिरीबन्धुका चिया मजदूरले पाएनन् पारिश्रमिक   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:३८

झापा, १ जेठः विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक...

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

चालु आर्थिक वर्षको दश महिनामा ६० प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:०५

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट...

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

वि.सं.२०८१ जेठ १ मंगलवार १३:५९

काठमाडौँ, १ जेठः नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र...