back
NMB ad

कुमारी बैंकको आकर्षक ‘कुमारी गज्जब बचत’ खाता : बचत खातामा उच्च ब्याज सहित स्वास्थ्य बीमा उपलब्ध

Kumari bank ad

काठमाडौं । बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधा सहित कुमारी बैंकले “कुमारी गज्जब बचत खाता” योजना सार्वजनिक गरेको छ । न्युनतम मौज्दात १ हजार रुपैंया रहेको यस खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१ प्रतिशत प्रदान गर्नुका साथै २० हजार रुपैंयासम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क डेबिट कार्ड समेत उपलब्ध गराउने छ ।

बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालले २० हजारसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । बैंकले आफ्ना बचत खाताहरुमा थप परिमार्जन तथा अद्यावधिक गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउदै जाने विश्वास लिएको छ ।

दीगो आर्थिक विकासकालागि बचत परिचालन तथा स्वास्थ्य बीमा सुविधा आम मानव जिवनको महत्वपूर्ण दुई साधनका रुपमा विकसित हुँदै आएका छन् । कुमारी बैंकले यी दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्घ गरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको छ । न्यूनतम मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बीमा सुविधा तथा निःशुल्क डेबिट कार्ड समेत उपलब्ध गराएको “कुमारी गज्जब बचत खाता” नेपाली बैंकिङ्ग क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरूमा पर्ने बैंकले विश्वास लिएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

वि.सं.२०८० फागुन १ मंगलवार १२:१९ मा प्रकाशित

You can share this post!

चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन   

चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन   

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:४६

काठमाडौँ, १५ जेठः चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय...

कृषिमा लगानी दशक घोषणा

कृषिमा लगानी दशक घोषणा

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:३६

काठमाडौं । सरकारले आगामी दशकलाई कृषिमा लगानीको दशक घोषाणा गरेको...

बजेटः आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष   

बजेटः आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष   

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:२८

काठमाडौँ, १५ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक...

अर्थमन्त्री पुनद्वारा आव २०८१/८२ को बजेट प्रस्तुति सुरु   

अर्थमन्त्री पुनद्वारा आव २०८१/८२ को बजेट प्रस्तुति सुरु   

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:२१

काठमाडौँ, १५ जेठः अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा...

संसदीय छानबिन समिति कार्यदलले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन   

संसदीय छानबिन समिति कार्यदलले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन   

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:०७

काठमाडौँ, १५ जेठ : संसद्को गतिरोध अन्त्य तथा राजनीतिक सहमति...

बजेटको सम्पूर्ण तयारी पूरा

बजेटको सम्पूर्ण तयारी पूरा

वि.सं.२०८१ जेठ १५ मंगलवार १४:५६

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा...