back
NMB ad

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्यमा डा.आनन्द प्रसाद श्रेष्ठ मनोनित

Kumari bank ad

काठमाडौं । वरिष्ठ रेडियोलोजिष्ट डा.आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर) मा मनोनित भएका छन् ।

प्रतिष्ठान सभाको गत माघ १४ गते बसेको बाह्रौ बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा ७ उप–दफा (२) (न) मा व्यवस्था भए बमोजिम तीन बर्षका लागि प्रतिष्ठान सभा सदस्यमा मनोनित गरेको हो ।

अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हासिल गरेका तथा चिकित्सा क्षेत्रमा चार दशक भन्दा बढीको अनुभव संगालेका डा. श्रेष्ठ नेपाली चिकित्सा क्षेत्रमा रेडियोलोजी विधालाई स्थापित गराउने अग्रणी चिकित्सक छन् ।

नेपाल सरकारको उच्च शिक्षा प्राविधिक समितिका पूर्व सदस्य समेत रहिसक्नुभएका डा. श्रेष्ठ नेपाल मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष तथा नेपाल चिकित्सक संघको पूर्व अध्यक्ष समेत भइसकेका छन् ।

डा. श्रेष्ठ नेपाल मेडिकल कलेजका संस्थापक संचालक शेयरधनी तथा नेपाल रेडियोलोजी सोसाइटिका सल्लाहाकार समेत हुन् । उनी हाल काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को सञ्चालक समितिका अध्यक्ष छन् ।

वि.सं.२०८० फागुन १ मंगलवार १३:१२ मा प्रकाशित

You can share this post!

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

वि.सं.२०८१ जेठ ६ आइतवार १२:४३

मनाङ, ६ जेठ : मनाङमा आठ महिनामा नौ सय ५०...

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...