back
NMB ad

नेपाल टेलिकम र नागरिक उड्डयन प्राधिकरण बिच सम्झौता, ३४ वटा विमानस्थलहरुमा फ्रि वाइफाई गराउने

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले नेपाल भित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण बिच आज २०८० फागुन ११ गते सहमति भएको छ ।

सो सहमति पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गर्नुभएको छ ।

सहमति पत्र अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रि वाइफाई नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा समेत चरणबद्ध रुपमा फ्रि वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्नेछ ।

त्यसैगरी विमानस्थलभित्र यात्रुहरुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने छ ।

फ्रि वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गनेछ । त्यसैगरी यात्रुहरुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थान समेत प्राधिकरणले उपलब्ध गराउने छ ।

यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्रि वाइफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुनेछ ।

वि.सं.२०८० फागुन ११ शुक्रवार १८:१४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ ७ सोमवार १५:०९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार १५:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

वि.सं.२०८१ जेठ ७ सोमवार १४:२३

सुनसरी, ७ जेठ । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९...

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३४

तेहरान, इरान, ७ जेठ : इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना...

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

वि.सं.२०८१ जेठ ७ सोमवार १३:१४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत...

कुमारी बैंकले ल्यायो क्यूआर मर्चेन्टस्हरुलाई कुमारी फोनलोन सुबिधा

कुमारी बैंकले ल्यायो क्यूआर मर्चेन्टस्हरुलाई कुमारी फोनलोन सुबिधा

वि.सं.२०८१ जेठ ७ सोमवार १३:०६

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना...