back
NMB ad

धरानमा निर्माणाधीन बसपार्क अन्तिम चरणमा   

Kumari bank ad

धरान (सुनसरी), २० फागुन : धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ । करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ८० प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तिय प्रगति भएको छ ।

बसपार्कको अनुगमन गर्दै धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले बसपार्कको करिब ८० प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र धरान उपमहानगपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण थालिएको थियो ।

रू ३३ करोड ७० लाख ४७ हजार तीन सय ३७ लागत अनुमान गरिएको बसपार्क आयोजनाको बिकोइ गीताञ्जली जेभी दुहबी सुनसरीले रू २३ करोड १५ लाख तीन हजार दुई सय ७७ मा ठेक्का सम्झौता गरेको थियो । तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी विसं २०७८ असार ३० सम्झौता भएको निर्माण कम्पनीले जनाएको छ ।

हालसम्म बसपार्कको टर्मिनल भवन निर्माण सकिएको छ भने विद्युत् र पानीको लाइन विस्तारको काम भइरहेको छ । बसपार्कको बाह्य सडक, मार्बल, फल्स, सिलिङ लगाउने काम भइरहेको कम्पनीले जनाएको छ ।

आयोजनाअन्तर्गत बेसमेन्ट पार्किङसहितको तीनतले टर्मिनल भवन बनिसकेको उपप्रमुख बेघाले बताउनुभयो । उहाँका अनुसार बसपार्क सञ्चालन हुन थालेपछि एकैपटक ३७ बस र २६ जिपको क्षमता रहेको छ ।

उक्त भवनको बेसमेन्टमा ७२ वटा दुईपाङ्ग्रे सवारीसाधन, ६० अटो तथा केही कार र जिप राख्न सकिन्छ भने विद्युतीय जेनेरेटर तथा अन्य स्टोरसम्बन्धी समान राख्न सकिने ठेकेदार कम्पनीका इञ्जिनियर सरोजकुमार यादवले बताउनुभयो । उहाँका अनुसार भुइँ तलामा करिब तीन सय यात्रु बस्न मिल्ने प्रतिक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसिटिभी र सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट, यात्रु ओर्लने तथा चढ्ने २२ वटा अटो रहने छन् ।

भवनको पहिलो तलामा उपमहानगरको आम्दानी प्रयोजनका लागि पसल राख्न सकिने गरी १८ कोठा रहेका छन् । बसपार्कको अधिकांश काम सम्पन्न भइसकेको भन्दै अहिले फिनिसिङको काम धमाधम भइरहेको ठेकेदार सपनकुमार दासले बताउनुभयो । तीन महिनाभित्र सम्र्पूण काम सकेर भवन हस्तान्तरण गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

धरानमा लामो समयदेखि व्यवस्थित बसपार्क नहुँदा समस्या उत्पन्न भएको गुनासो आएपछि उपमहानगरले अत्याधुनिक भवन निर्माण थालेको उपप्रमुख बेघाले बताउनुभयो । “बसपार्कको अनुगमन गर्दा धेरै काम सम्पन्न भइसकेको भेटेका छौँ । अहिले अन्तिम चरणका काम भइरहेका छन्”, उहाँले भन्नुभयो, “चाँडै यहाँको बसपार्कसम्बन्धी विद्यमान समस्या समाधान हुनेछ ।”

वि.सं.२०८० फागुन २० आइतवार १६:०५ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...