back
NMB ad

जेएफएले जित्यो सेभेन ‘ए’ साइड ओपन फुट्सल प्रतियोगिताको उपाधि

Kumari bank ad

काठमाडौँ । जुनियर फुटबल एकेडेमी (जेएफए) स्पोर्टस् नेपालले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भएको सेभेन ‘ए’ साइड ओपन फुट्सल प्रतियोगिताको उपाधि जितेको छ । बौद्ध अजिमा समाजको आयोजनामा शुक्रबार फुट्सल एरिनामा भएको चौथो संस्करणको प्रतियोगितामा जेएफएले उपाधि जितेको हो ।

प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो । जेएफएले रियल मड्रिड फ्यान क्लबल नेपाललाई ८–० गोलले पराजित गरेर क्वार्टरफाइनलमा स्थान बनाएको थियो । त्यस्तै बज्र इन्टरनेशनल कलेजलाई ७–० र आयोजक बज्र अजिमा समाजलाई पेनाल्टी सुटआउटमा २–० गोलले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो । फाइनल खेलमा सिम्बा खुकुरीलाई १–० गोलले पराजित गर्दै जेएफएले उपाधि जितेको हो । जेएफएको लागि जेनिफर रानाले विजयी गोल गरिन् ।

विजेता जेएफएले नगद पुरस्कार ३० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता सिम्बा खुकुरीले २० हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जेएफएकी जेनिफर राना घोषित भइन् । भने उत्कृष्ट गोलकिपरको उपाधि जेएफएकी झरना बायु राईले प्राप्त गरिन् ।

वि.सं.२०८० फागुन २७ आइतवार १३:२४ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...