back
NMB ad

१० अर्ब ५९ करोड बराबरको बोनस शेयर नेप्सेमा सूचिकृत

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० माघ मसान्तमा सूचीकृत ८ अर्ब २१ करोड शेयरको चुक्ता मूल्य रु.८१३ अर्ब ५९ करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ को सात महिनामा रु.६५ अर्ब ८६ करोड साधारण शेयर, रु.१० अर्ब ५९ करोड बोनस शेयर, रु.६ अर्ब १० करोड हकप्रद शेयर र रु.३ करोड एफपीओ गरी कुल रु.८२ अर्ब ५७ करोड थप धितोपत्र सूचीकृत
भएका छन्।

२०७९ माघ मसान्तमा २१२१.८७ रहेको नेप्से सूचकाङ्क २०८० माघ मसान्तमा २१०१.१६ कायम भएको छ । २०८० माघ मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.३३०२ अर्ब ८४ करोड कायम भएको छ । २०७९ माघ मसान्तमा बजार पुँजीकरण रु.३०६१ अर्ब ९६ करोड रहेको थियो । २०८० माघ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०७९ माघमा सूचीकृत कम्पनीहरूको संख्या २४६ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब ८१ करोड बराबरको साधारण शेयर, रु.६ अर्ब २ करोड डिबेन्चर, रु.५ अर्ब ४६ करोड हकप्रद शेयर र रु.३ अर्ब ५० करोड म्युचुअल फण्ड गरी कुल रु.२४ अर्ब ७८ करोड धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ

वि.सं.२०८० फागुन २८ सोमवार ११:५७ मा प्रकाशित

You can share this post!

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:३६

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका...

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:२५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट...

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा   

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:१९

काठमाडौँ, ३१ वैशाख : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन...