back
NMB ad

धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरण : १० बैंकरमाथि दोस्रो चरणको अनुसन्धान सुरु   

Kumari bank ad

काठमाडौँ :  धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरण (बैंकिङ कसुर)मा मुछिएका १० बैंकरमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ ।

सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले नेपाल राष्ट्र बैंककै विज्ञ टोलीबाट सो प्रकरणमा मुछिएका १० बैंकरको सम्बन्धमा पहिलो चरणको अनुसन्धान सकेर दोस्रो चरणको अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

तत्कालिन सेञ्चुरी कमर्सियल बैंकले मिलेमतोमा धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा परेको उजुरीमाथि अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहितका १० बैंकर हाजिरी जमानीमा छुटिसकेका छन् ।

प्रहरी उपरीक्षक बोगटीले भन्नुभयो, “व्यवहारिक रुपमा कानुनले दिएको अधिकार प्रयोग गरेर अहिले उहाँहरुलाई दैनिक हाजिरी जमानीमा छाडेका छौँ, आजदेखि विहान १० बजे आउनुहुन्छ र साँझ ५ बजे जानुहुन्छ, तर अनुसन्धान टुङ्गिएको पनि होइन । अनुसन्धान लामो हुने भएकाले थुना बाहिर राखेर अनुसन्धान गर्ने अधिकार अनुसन्धान अधिकारीलाई छ, सोहीअनुसार गरिएको हो ।”

गत फागुन १५ गते पक्राउ गरेका बैंकरलाई ब्यूरोले १७ दिन हिरासतमा राखेर प्रारम्भिक अनुसन्धान गरेको थियो । गत फागुन २९ गते थप पाँच दिन हिरासतमा राख्न ब्यूरोले अदालतबाट अनुमति पाएको थियो ।

वि.सं.२०८० चैत ३ शनिवार ०७:१२ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...