back
NMB ad

पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन   

Kumari bank ad

फिक्कल (इलाम), ६ चैत : इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा रु एक करोड चार लाख ५९ हजार एक सय ६४ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउन १ देखि गत फागुन ३० गतेसम्म सो भेटी सङ्कलन भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिनुभयो ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु ९९ लाख ६४ हजार ५६ नगद र चार लाख ९५ हजार एक सय आठ बराबरको जिन्सी सङ्कलन भएको समितिका अध्यक्ष राईले जानकारी दिनुभयो । जिन्सीअन्तर्गत सुन, चाँदीलगायत विधिन्न धातु सङ्कलन हुने गरेको छ । समितिका अनुसार साउनमा रु चार लाख ४२ हजार पाँच सय ८८ नगद र २१ हजार बराबरको जिन्सी, भदौमा रु सात लाख ५६ हजार एक सय ७४ नगद र ६९ हजार चार सय बराबरको जिन्सी, असोजमा रु पाँच लाख ७० हजार तीन सय ८७ नगद र ६७ हजार नौ सय बराबरको जिन्सी तथा कात्तिकमा रु २१ लाख १० हजार चार सय ७५ नगद र ५९ हजार नौ सय बराबरको जिन्सी सङ्कलन भएको छ ।

त्यसैगरी, मङ्सिरमा रु १८ लाख ३२ हजार पाँच सय ५७ नगद र ६८ हजार आठ सय बराबरको जिन्सी, पुसमा रु १५ लाख ४२ हजार ९७ नगद र ४० हजार नौ सय बराबरको जिन्सी, माघमा रु १२ लाख ५४ हजार पाँच सय ३५ नगद र २८ हजार दुईसय बराबरको जिन्सी तथा फागुनमा रु १४ लाख ५५ हजार दुई सय ४३ नगद र एक लाख २१ हजार नौ सय आठ बराबरको जिन्सी सङ्कलन भएको छ ।

पाथीभरा मन्दिरमा सङ्कलन भएको रकम त्यही ठाउँको विकासमा खर्च भइरहेको रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताउनुभयो । “भक्तजनको सहयोग सही ढङ्गले सदुपयोग हुनुपर्छ भन्नेमा पालिका सधैँ दृढ छ,” अध्यक्ष स्याङ्बोले भन्नुभयो, “हामी सधैँ पारदर्शिता र सुशासनको पक्षमा छौँ, मन्दिरबाट सङ्कलन भएको रकम मन्दिरकै विकासमा खर्च गर्छौं ।”

पाथीभरा मन्दिर गाउँपालिकाले स्वामित्वमा लिएपछि नियमित रुपमा आम्दानी सार्वजनिक गर्न थालेको छ । गाउँपालिकाले ऐन बनाएर मन्दिरको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीसहित गत १ फागुनदेखि गाउँपालिकाको स्वामित्वमा ल्याइएको थियो । गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याइएको हो ।

गत वर्ष फागुनदेखि असारसम्म रु ९२ लाख ९५ हजार तीन सय ६२ भेटी सङ्कलन भएको थियो । सो अवधिमा रु ८५ लाख ३१ हजार दुई नगद र सात लाख ६४ हजार तीन सय ६० बराबरको जिन्सी सङ्कलन भएको थियो ।

वि.सं.२०८० चैत ६ मंगलवार १४:१० मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...