back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकद्वारा वित्तीय साक्षरता अभियान सञ्चालन   

Kumari bank ad

काठमाडौँ, ६ चैत : राष्ट्रिय वाणिज्य बैंकले ‘ग्लोबल मनी विक’का उपलक्ष्यमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने भएको छ । बैंकले आफ्ना सातै प्रादेशिक र शाखा कार्यालयमार्फत यही चैत ६ गतेदेखि ११ गतेसम्म वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यस वर्षको ‘ग्लोबल मनी विक २०२४’ नारा ‘प्रोटेक्ट योर मनी, सेक्युर योर मनी’ भन्ने रहेको छ । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिकरुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो । नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ अनुसार बंैकको देशैभरिका शाखा कार्यालयले विद्यार्थी, युवा, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ आदत सिकाउन उद्देश्यले वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा दुई सय ८७ वटा शाखा कार्यालय, तीन सय पाँच एटिएम र ९८ वटा शाखारहित बैंकिङ, ७१ एक्स्टेन्सन काउन्टर रहेको छ ।

वि.सं.२०८० चैत ६ मंगलवार १७:५२ मा प्रकाशित

You can share this post!

जलविद्युत् छ तर बत्ती बल्दैन   

जलविद्युत् छ तर बत्ती बल्दैन   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:३०

डम्मर बुढामगर ढोरपाटन (बागलुङ), ३१ वैशाख : बागलुङको तमानखोला गाउँपालिका–६...

वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती   

वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:५१

दमौली (तनहुँ), ३१ वैशाख : निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा...

नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:४५

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा...

दुर्गा मन्दिर : परियारले बनाए, गैरदलितले सघाए   

दुर्गा मन्दिर : परियारले बनाए, गैरदलितले सघाए   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:२७

तनहुँ, ३१ वैशाख : व्यास नगरपालिका–१३ बेलवासका परियार गैरदलितको सहयोगमा...

जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै   

जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:०८

तनहुँ, ३१ वैशाख : जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १२:०३

काठमाडौँ, ३१ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना...