back
NMB ad

भृकुटीमण्डप जाऔं, घाम तापौँ माछा खाऔंँ

Kumari bank ad

काठमाडौ। मङसिर ९ गतेदेखि १३ गतेसम्म तेस्रो राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिता काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा ‘स्वदेशी माछा खाऔं, स्वस्थ्य रहौं’ अभियानकासाथ उक्त महोत्सवको आयोजना हुन लागेको हो ।

पत्रकार सम्मेलन गरि संघका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले महोत्सवमा टिकट प्राप्त गर्नुहुनेका लागि निःशुल्क खाजा कक्ष, परिकार, माछा खाना, उपत्यकाभित्र र बाहिरकाका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था हुने जानकारी दिए ।

नेपाली माछापालनको उत्पादकत्व वृद्धिको खोजी गर्ने उद्देश्यले हुन लागेको उक्त महोत्सवमा माछासँग सम्बन्धित औजार उपकरण तथा दाना, औषधि कम्पनी, सरकारी तथा गैर सरकारी संस्था एवम् अन्य कृषि उपजका गरी ६० वटा कक्ष रहनेछन् ।

मत्स्य महोत्सवमा पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई जनही रु ५० हजार, रु ४०, रु ३० र रु २० हजार उपलब्ध गराइने छ । राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा माछाको योगदान चार दशमलव शून्य २२ प्रतिशत छ । माछाको लागि बजार प्रचुर सम्भावना छ । आव २०७२/७३ को असार मसान्तसम्म ४० हजार ३३६ वटा पोखरीमा व्यावसायिक माछा उत्पादनकार्य भइरहेको छ ।

संघका महासचिव जोगेन्द्र महत्तोका अनुसार भारतबाट झन्डै ७० प्रतिशत माछाको आयात भएको छ । आव २०७२/७३ को असार मसान्तसम्म पोखरीबाट ५५ हजार ५०० मेट्रिक टन र प्राकृतिक जलाशय, खोला, तथा तालमा २२ हजार ५०० गरी वार्षिक ७८ हजार मेट्रिक टन माछा उत्पादन भएको थियो ।

संघले भारतबाट बर्सेनि ५४ हजारदेखि ६० हजार मेट्रिक टनसम्म माछा आयात हुने गरेको जनाएको छ । यस वर्ष गत वर्षको तुलनामा २९ प्रतिशतले माछा आयातमा कमी आएको छ । गत वर्ष ११ हजार १८६ मेट्रिक टन माछा आयात भएकोमा आव  २०७२÷७३ को असार मसान्तसम्ममा सात हजार ८८२ मेट्रिक टन माछा उत्पादन भएको छ ।

आव २०७२/७३ असार मसान्तसम्म ९ हजार ९३४ हेक्टर जलाशयमा व्यावसायिक माछा उत्पादन भएको छ । माछा उत्पादन कार्यका लागि ३५ हजार किसान आवद्ध भएको बताइन्छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २३

वि.सं.२०७३ कात्तिक २३ मंगलवार १९:४३ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...