back
NMB ad

बेनीघाट–आरुघाट सडकः तान्द्राङ खोलामा बेलिब्रिज निर्माण   

Kumari bank ad

गोरखा, १० चैत : गोरखाको बेनिघाट–आरुघाट सडकखण्डअन्तर्गत तान्द्राङ खोलामा बेलिब्रिज निर्माण भएको छ ।

भीमसेन थापा गाउँपालिका–८ स्थित घाटबेँसी र वडा नम्बर ४ स्थित धावाको बालिमटार जोड्ने तान्द्राङ खोलामा २४ दशमलव ४ मिटर लम्बाइको बेलिबिज्र निर्माण गरिएको गोरखा सडक योजना कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

बेलिब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको चार महिना भित्रै निर्माणको काम सम्पन्न भएको उहाँको भनाइ छ । पुल निर्माणका लागि कार्यालयले जलप होम जेभीसँग गएको मङ्सिर १५ गते ठेक्का सम्झौता गरेको थियो । “एक वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने गरी कार्यालयले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो”, उहाँले भन्नुभयो, “तर तीव्र गतिमा काम भएकाले तोकिएको समयभन्दा झण्डै आठ महिनाअघि नै काम सम्पन्न भयो ।”

पुल निर्माणको लागत रु तीन करोड ८९ लाख ८३ हजार रहेको छ । पुलको वारिपारि दुवैतर्फ ५०÷५० मिटरको पहुँच मार्ग निर्माण भएको इन्जिनियर श्रेष्ठले बताउनुभयो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने भएकाले त्यहाँ पक्की पुल निर्माणका लागि डिपिआर तयार गरिएको भए पनि पछि त्यसलाई परिवर्तन गरेर बेलिब्रिज निर्माण गरिएको हो ।

पुल निर्माण भएसँगै बेनिघाटदेखि आरुघाटसम्म दैनिकरुपमा चल्ने सवारी साधनको आवागमनमा सहज भएको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । पुल निर्माणले गोरखाको भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका धादिङका नागरिकलाई सहज हुनेछ ।

वि.सं.२०८० चैत १० शनिवार १७:१४ मा प्रकाशित

You can share this post!

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३४

तेहरान, इरान, ७ जेठ : इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना...

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

वि.सं.२०८१ जेठ ७ सोमवार १३:१४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत...

कुमारी बैंकले ल्यायो क्यूआर मर्चेन्टस्हरुलाई कुमारी फोनलोन सुबिधा

कुमारी बैंकले ल्यायो क्यूआर मर्चेन्टस्हरुलाई कुमारी फोनलोन सुबिधा

वि.सं.२०८१ जेठ ७ सोमवार १३:०६

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना...

कांग्रेसको अवरोध असंसदीय : प्रधानमन्त्री दाहाल   

कांग्रेसको अवरोध असंसदीय : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ जेठ ७ सोमवार १२:५६

काठमाडौँ, ७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानअनुसार प्रधानमन्त्रीले...

युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनी

युरोप भ्रमणमा रहेकी चित्रकार यादवको फिनल्याण्डमा पनि मिथिला कला प्रदर्शनी

वि.सं.२०८१ जेठ ७ सोमवार १२:४५

काठमाडौँ । युरोप भ्रमणमा रहनुभएकी मिथिला चित्रकार रन्जु यादवको अर्को...

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस   

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस   

वि.सं.२०८१ जेठ ७ सोमवार १२:३८

काठमाडौँ, ७ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल...