back
NMB ad

शाइन रेसुंगा बैंकले जित्यो ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड

Kumari bank ad

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ ।

न्यू बिजनेश एज प्रालिले काठमाडौंमा शुक्रबार गरेको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस्–२०२४ अन्तर्गत विकास बैंकहरुमध्ये शाइन रेसुंगा उत्कृष्ट हुंदै अवार्ड जितेको हो ।

यस अघि बैंकले सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो भने गत वर्ष अन्तर्राष्ट्रियस्तरको एसिया इमर्जिङ बैंकिङ अवार्ड जितेको थियो ।

यो उपाधि जित्नुमा बैंकका सञ्चालक समिति,शेयरधनी,कर्मचारी,बैंकका ग्राहक र शुभेच्छुक सबैको प्रत्यक्ष अप्रत्यक्ष रुपमा भूमिका रहेको बैंकका अध्यक्ष थानेश्वर पौडेलले बताए । ‘यो उपाधि जित्नुमा बैंकका सरोकारवाला सबैको रचनात्मक साथ छ,यसले बैंकलाई थप व्यवस्थित र उत्कृष्ट सेवा प्रवाह गर्न जिम्मेवारी र दायित्व थपिदिएको छ’– उनले भने ।

बैंकको ८ अर्ब अधिकृत पुँजी र ४ अर्ब ७३ करोड चुक्ता पुँजी रहेको छ।बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटिएम सञ्चालनमा छन् । शाइन रेसुंगा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय भएको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो ।

वि.सं.२०८० चैत १२ सोमवार ११:४८ मा प्रकाशित

You can share this post!

राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन : पूर्वप्रधानमन्त्री डा भट्टराई   

राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन : पूर्वप्रधानमन्त्री डा भट्टराई   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:०७

त्रिवेणी (नवलपरासी), ३० वैशाख : पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका...

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने   

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने   

वि.सं.२०८१ वैशाख ३० आइतवार १३:०३

गोदावरी (ललितपुर), ३० वैशाख :आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम...

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीकले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्काशन गर्ने

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीकले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:५७

काठमाडौ । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइँदै   

तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:३४

दमौली (तनहुँ), ३० वैशाख : तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा कार्यालय...

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री   

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:२४

काठमाडौँ, ३० वैशाखः   प्रधानमन्त्री    पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता...

चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार   

चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:१६

चितवन, ३० वैशाखः भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको...