back
NMB ad

विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन प्राधिकरणद्वारा एआइआइबीलाई आग्रह   

Kumari bank ad

काठमाडौँ, १३ चैतः नेपाल विद्युत प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)लाई आग्रह गरेको छ ।
एआइआइबी सञ्चालक समितिका सदस्य आरएमपी रथनायके नेतृत्वमा नेपाल भ्रमणमा रहेको बैंक सञ्चालक समितिका सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण र वितरणतर्फका पूर्वाधार सुधार तथा विस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गर्नुभयो ।

नेपालको ऊर्जा क्षेत्रको रुपरेखा तथा लगानी आवश्यकतासम्बन्धी जानकारी प्रतिनिधिमण्डललाई गराउँदै कार्यकारी निर्देशक घिसिङले पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् आपूर्ति, छिमेकी देशहरुसँगको विद्युत् व्यापार विस्तारका लागि उत्पादन, प्रसारण र वितरणतर्फका संरचना निर्माण गर्न ठूलो लगानी आवश्यक रहेको बताउनुभयो ।

“ऊर्जा मन्त्रालयले अगाडि बढाएको सन् २०३५ सम्मको ऊर्जा क्षेत्रको मार्गचित्र कार्यान्वयनका लागि विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुका लागि झण्डै ६० अर्ब अमेरिकी डलर (निजी क्षेत्रलाईसहित) लगानी चाहिन्छ, यसका लागि एआइआइबीजस्ता बहुपक्षीय निकायहरुबाट सस्तो ब्याजदरमा सहुलितपूर्ण ऋण आवश्यक छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

घिसिङले भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चिता, ऊर्जा सङ्क्रमण तथा दक्षता, विद्युत् निर्यात बृद्धि, मौसमी विद्युत् उत्पादनको असन्तुलन न्यूनीकरणका लागि जलाशययुक्त आयोजनाको निर्माण, वितरण तथा प्रसारण सञ्चाल विस्तार तथा सुधारलगायतका क्षेत्रमा हाल काम भइरहेको एआइआइबीको प्रतिनिधिमण्डललाई जानकारी गराउनु भएको थियो ।

प्रतिनिधिमण्डले ऊर्जा क्षेत्रका लागि आवश्यक पर्ने लगानी गर्न बैंक इच्छुक रहेको बताएको थियो । प्रतिनिधिमण्डबाट हाल एआइआइबीको लगानीमा निर्माणाधीन आयोजनाहरुको प्रगति, वातावरणीय तथा सामाजिक सुरक्षणका विषयहरु, ऊर्जा क्षेत्रको पुनःसंरचना, विद्युत् निर्यातका लागि बजार सुनिश्चितालगायतका विषयमा जिज्ञासा राखिएको थियो ।

नेपालकोतर्फबाट एआइआइबी सञ्चालक समितिका सदस्य एवम् अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले ऊर्जा क्षेत्रको विकासका लागि बैंककातर्फबाट सस्तो ब्याजदरमा सहुलितपूर्ण ऋण उपलब्ध गराइनु पर्नेमा जोड दिनुभएको थियो ।

एआइआइबीले हाल विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार परियोजना कार्यान्वयनका लागि ११ करोड २३ लाख डलर सहुलितपूर्ण ऋण नेपाललाई उपलब्ध गराएको छ । परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋण लुम्बिनी प्रदेशका दाङ, बाँके बर्दिया तथा रोल्पा र कर्णाली प्रदेशका ८ जिल्लाको विद्युतीकरण तथा वितरण प्रणाली विस्तार र सुधारमा खर्च गरिंदैछ ।

परियोजनाबाट १९ वटा ३३/११ केभी वितरण सबस्टेसन, ३५० किलोमिटर ३३ केभी लाइन, एक हजार सात सय ९८ किलोमिटर ११ केभी लाइन, तीन हजार एक सय ५९ किलोमिटर एलटी लाइन निर्माण र एक हजार ४५ वटा वितरण ट्रान्सफर्मर जडान गरिने छ । उक्त परियोजना कार्यान्वयनका लागि ठेक्का सम्झौता र परियोजनाको डिजाइन सम्पन्न भइसकेका छन् ।

एआइआइबीले कोरियाली कम्पनीहरुको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ४ करोड डलर ऋण प्रवाह गरेको छ ।

वि.सं.२०८० चैत १३ मंगलवार १५:३५ मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...