back
NMB ad

पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना   

Kumari bank ad

दैलेख, २२ चैतः पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका-३ पालीमा उपकरण ढुवानी गर्ने क्रममा ट्रक दुर्घटनामा परेको जानकारी दिनुभयो ।

नेपालगञ्जबाट भैरवी गाउँपालिकाको जलजलेस्थित आयोजनास्थलमा उपकरण ढुवानी गर्ने क्रममा मप०३००१ख ७८१७ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको हो ।

“सडक चौडा पार्ने कम्पनीले सडकमा छाडेका गिट्टीका कारण ट्रक सडकमै पल्टिएको थियो । दुईवटा क्रेनको सहायताले ट्रक उठाइएको छ”, प्रमुख जिल्ला अधिकारी भुसालले भन्नुभयो ।

चिनियाँ सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका लागि पहिलो चरणमा २२ वटा मालबाहक ट्रक अन्वेषणस्थलमा पुगिसकेका छन् ।

विसं २०७२ चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । सोही बमोजिम २०७५ साल माघमा चीन र नेपालबीच परियोजना स्वीकृत भई २०७६ सालदेखि प्रारम्भिक सर्वेक्षण सुरु भएको थियो । हाल जलजलेमा ४५ रोपनी जग्गा अधिग्रण गरी ड्रिलिङको तयारी गरिएको छ ।

वि.सं.२०८० चैत २२ बिहीवार १४:०९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ जेठ १३ आइतवार १५:२०

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

घटेको बजारमा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १३ आइतवार १५:१३

काठमाडौं ।साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

पूर्वाधारको पर्खाइमा कोरला नाका   

पूर्वाधारको पर्खाइमा कोरला नाका   

वि.सं.२०८१ जेठ १३ आइतवार १४:३०

म्याग्दी, १३ जेठ : उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको...

प्रभु बैंक र  फार्म हाउस होटलबीच विशेष छुट सम्झौता

प्रभु बैंक र फार्म हाउस होटलबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १३ आइतवार १४:१६

पोखरा । आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी...

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने  

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने  

वि.सं.२०८१ जेठ १३ आइतवार १३:५९

काठमाडौँ, १३ जेठ : नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को...