back
NMB ad

नेकपा एमाले पर्यटन इलाकाको छैठौं अधिवेशन भोली, पूर्व पर्यटनमन्त्री भट्टराइले उद्घाटन गर्ने

Kumari bank ad

काठमाडौं । नेकपा एमाले पर्यटन इलाका कमिटीको छैठौं अधिवेशन आइतबार हुने भएको छ । नेकपा एमाले केन्द्रीय कमिटीका सचिव समेत रहेका पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख अतिथिको रुपमा अधिवेशनको उद्घाटन गर्ने नेकपा एमाले पर्यटन इलाकाका अध्यक्ष जीवन थापामगरले जानकारी दिनुभयो ।

कार्यक्रम मिति २०८० चैत २५ गते आइतबार दिनको एक बजे ठमेलस्थित होटेल ठमेल पार्कमा आयोजना गरिएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकोले नेकपा एमालेमा आबद्ध पर्यटन व्यवसायीहरुले महत्वका साथ लिएका छन् । पर्यटन इलाका नेकपा एमालेको उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी अन्तरगतको कमिटी हो ।

अधिवेशनमा १४८ जना प्रतिनिधि रहनेछन् । जसमा इलाका अन्तरगतका ट्रेकिङ शाखाबाट ५२, ट्राभव शाखाबाट ४३, होटेल शाखाबाट ३२ र आयोजक २१ जनाको रहनेगरी प्रतिनिधिको अन्तिम टुङ्गो लगाइएको अध्यक्ष थापा मगरले जानकारी दिनुभयो । पर्यटन इलाकामा २५७ जना पार्टी संगठित सदस्य रहेका छन् । आयोजक बाहेक तीन वटा शाखाबाट ५१ प्रतिशत पार्टी सदस्य अधिवेशनमा प्रतिनिधिको रुपमा छनोट गरिएको आयोजकले जनाएको छ ।

वि.सं.२०८० चैत २४ शनिवार १३:३१ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...