back
NMB ad

लुयानका विद्युतीय स्कुटर किन्दा २५ हजारसम्म नगद छुट

Kumari bank ad

काठमाडौं । लुयान नेपालले सोमबारदेखि लागुहुने गरी नयाँ बर्ष लुयानको हर्ष अफर सँचालनमा ल्याएको छ । यस अफर अन्तर्गत लुयानका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले नगद खरिद गर्दा २५ हजार रुपैंयासम्म छुट पाउन सक्नेछन् । लुयानको एमएनके३ र एस३० मा १५ हजार रुपैंया र एस७०प्रोमा २५ हजार नगद छुट पाउनेछन् ।

साथै एउटा प्रिमियम हेलमेट, बाइक कभर तथा रेनकोट पनि उपहार स्वरुप प्राप्त गर्न सक्नेछन् । यसका साथै सधैं झैं चालु आर्थिक बर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस तथा विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत पाउन सक्ने कम्पनीले जनाएको छ ।

यो अफर यहि चैत्र २६ गते देखि आगामी २०८१ बैशाख ३१ गते सम्म लागु हुने कम्पनीका सेल्स हेड शंकर शर्माले एक विज्ञप्ति जारी गर्दै बताउनुभएको छ ।

कम्पनीले पुराना मोटरसाइकल तथा स्कुटरसँग साटेर नयाँ लुयानका स्कुटर लैजाने सुविधा पनि कायम नै राखिएको जनाएको छ । साथै नगद नहुने ग्राहकहरुको लागि फाइनान्सको समेत सुविधा उपलब्ध रहेको जनाएको छ । यो स्किम कम्पनीकोे मुख्य शोरुम नागपोखरीमार्ग, काठमाण्डौं लगायत मुलुकका अन्य शोरुम तथा डिलरहरुबाट समेत पाउन सकिने जनाइएको छ ।

लुयान ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुन्छ ।

यसका साथै लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको हुन्छ । टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ४० देखि ५० किलोमिटर सम्म चलाउँदा पनि रिम र टायरमा असर पर्दैन । लुयानका स्कुटरहरुमा ओरालोमा चलाउँदा आफै बेटी चार्ज हुने रिजेनरेटिभ ब्रेकिङ्ग सिस्टम लगायत अत्याधुनिक प्रविधियुक्त कम्पोनेन्ट तथा फंक्सनहरुको प्रयोग भएको हुनाले पनि विश्वबजारमा जस्तै नेपालमा पनि यसको विश्वास बढ्दै गइरहेको छ ।

विगत ५ बर्षदेखि ‘जिरो इमिसन राइड (एन)’ ले ‘देशको उर्जा, देश मै खपत अभियान’ भन्ने मुल नाराका साथ चीनमा निर्मित गुणस्तरीय र प्रशिद्ध ब्राण्ड ‘लुयान’ का विद्युतीय स्कुटरहरु नेपाली बजारमा आधिकारिक वितरकको रुपमा बिक्रिवितरण तथा बिक्रि पछिको सेवा दिँदै आइरहेको छं ।

राजधानीका ३ वटै जिल्लाहरु लगायत राजधानी बाहिरका विभिन्न प्रमुख शहरहरुमा रहेका डिलरहरु मार्फत कम्पनीले लुयान ब्राण्डका स्कुटरहरुको बिक्रिवितरण र बिक्रिपछिको सेवाको व्यवस्था मिलाएको छ ।

विश्व बजारमा जस्तै नेपालमा पनि हालका दिनहरुमा सवारी प्रयोगकर्ताहरु विद्युतीय सवारीसाधनको प्रयोगमा निक्कै अघि बढिसकेको अवस्था छ । वातावरणीय सन्तुलन र खर्चको हिसाबले पनि सबैको लागि विद्युतीय सवारीसाधनहरु फाइदाजनक भएको कुरा सर्वविधितै छ ।

वि.सं.२०८० चैत २६ सोमवार १५:५० मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...