back
NMB ad

चन्द्रागिरि नगरपालिकाद्वारा आगलागी नियन्त्रण गर्न दमकलसहित नगरप्रहरी परिचालन   

Kumari bank ad

काठमाडौँ, २६ चैत : चन्द्रागिरि नगरपालिकाले सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) लागेको आगलागी नियन्त्रणका लागि आफूसँग रहेको दमकल, नगरप्रहरीसहित अन्य सामग्रीमा प्रयोगमा ल्याइरहेको छ ।

नगरप्रमुख घनश्याम गिरीले आगलागी भएको घटना थाहा पाउना साथ आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल, नगरप्रहरी, अन्य सामग्री र स्थानीय पानी ट्याङ्करसहित स्थानीयवासी परिचालन भइराखेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म अहिले आगलागी क्षेत्रमै छु, आगो नियन्त्रणका लागि दमकलसहित अन्य सामग्री प्रयोग भइराखेका छन् । आसपासमा घर सुरक्षित रहेका छन् । म स्थानीयवासीले पु¥याउनुभएको सहयोगलाई धन्यवाद दिन चाहन्छु ।”

उहाँले आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल सर्वप्रथम घटनास्थलमा पुगेको जानकारी दिनुभयो । नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले आगो नियन्त्रणका तत्काल नगरपालिकाको दमकल पुगेको बताउनुभयो । अहिले नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । आगो अझै नियन्त्रणमा आउन नसकेको बताइएको छ ।

वि.सं.२०८० चैत २६ सोमवार २१:२५ मा प्रकाशित

You can share this post!

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८१ जेठ ८ मंगलवार १२:५५

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी...

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:३०

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै...

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:११

चितवन, ८ जेठः चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा...

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०४

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...