back
NMB ad

जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने  

Kumari bank ad

काठमाडौँ, २८ चैत : काठमाडौँ महानगरपालिकाले निजामती कर्मचारी अस्पतालसँगको सहकार्यमा जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

उक्त कार्यका लागि कामपा र निजामती अस्पतालबीच सहमति भइसकेको कामपाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक साझेदारीको अवधारणाअनुरूप आपसी समन्वय र सहकार्यका माध्यमबाट महानगरवासीलाई नेपालको संविधानले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी हक उपलब्ध गराउन आपसी क्षमता आदानप्रदान गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो । यसबाट नागरिकले स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य सेवा सहज रुपमा पाउने उहाँको भनाइ छ ।

समझदारीबमोजिम महानगरले सिफारिस गरेका ७५ वर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिक, महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, जनप्रतिनिधि कर्मचारीको पूर्ण स्वास्थ्य जाँचसहितका काममा सहकार्य हुने भएको परियारले जानकारी दिनुभयो । उहाँका अनुसार ज्येष्ठ नागरिकका लागि अस्पतालमा छुट्टै परीक्षण कक्ष स्थापना गरेर इसिजी, ब्लड सुगर, सिबिसी, एक्स–रेसहित १० किसिमका स्वास्थ्य परीक्षण हुनेछन् ।

महिलाहरूमा देखा पर्नसक्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचानका लागि महानगरले प्रजनन उमेरका महिलाका लागि सञ्चालन गर्ने शिविरबाट पठाइएकाको एचपिभी डिएनए परीक्षण, बायोप्सी, लिप परीक्षण (लुप इलेक्ट्रो सर्जिकल एक्सिसन प्रोसिड्युर) र मेमोग्राम परीक्षण हुनेछन् ।

यस्तै, परिचयपत्र वा सिफारिसका आधारमा कर्मचारी र जनप्रतिनिधिका लागि युएसजी, इसिजी, युरिन, ब्लड सुगर, लिपिड प्रोफाइलसहित विभिन्न १६ किसिमका परीक्षण हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत परियारले जानकारी दिनुभयो । उहाँका अनुसार माथि उल्लिखित सेवा प्राप्त गर्नका लागि तोकिएबमोजिम बिरामीलाई कामपाले सिफारीस गर्नुपर्ने छ ।

सिफारिसपत्रका आधारमा निजामती अस्पतालले सेवा सहमतिअनुसारको सेवा उपलब्ध गराउनेछ । उपचारमा लागेको खर्च कामपाले उपलब्ध गराउने जनाइएको छ ।

महानगरपालिकाका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट पठाइएका बिरामीको छुट्टै कक्षबाट उपचार गरिनेछ । उक्त केन्द्रबाट गरिएका जाँच तथा स्वास्थ्य परीक्षण प्रतिवेदनलाई अस्पतालले मान्यता दिनेछ ।

अस्पतालले महामारी तथा आकस्मिक रूपमा देखा पर्न सक्ने रोगको न्यूनीकरण, रोकथाम र उपचार, स्वास्थ्य बीमा सञ्चालनमा सहजीकरण, स्वास्थ्य प्रणालीमा सुधार, स्रोत साधन तथा उपकरणको व्यवस्थापन र भौतिक संरचना निर्माण तथा मर्मतसम्भारको विषयमा पनि कामपासँग सहकार्य गर्न सकिने जनाएको छ ।

वि.सं.२०८० चैत २८ बुधवार १३:४१ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...