back
NMB ad

वाणिज्य बैंकहरुको नाफा ४२ अर्ब ३० करोड, सबैभन्दा धेरै कमाउनेमा नबिल बैंक, अन्य कुनको कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना अर्थात, फागुनसम्म वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकहरुले उक्त रकम बराबरको आम्दानी गरेका हुन् । गत वर्षको सोही अवधिमा यिनीहरुले ४८ अर्ब ८३ करोड नाफा कमाएका थिए । गत वर्षको तुलनामा यो १३ प्रतिशतले कम हो ।

नाफा आर्जन गर्न पहिलो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले फागुन ससान्तसम्ममा ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । कम्पनीले ३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

त्यस्तै, प्राईम बैंकले २ अर्ब ८८ करोड ७८ लाख रुपैयाँ , राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ, नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८० करोड ४५ लाख रुपैयाँ, एनआइसी एशिया बैंकले २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब २९ करोड ३४ लाख रुपैयाँ र स्टान्डर्ड चार्टड बैंकले २ अर्ब ८ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

साथै, कृषि विकास बैंकले १ अर्ब ९७ करोड ६७ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ, लक्ष्मी बैंकले १ अर्ब ८२ करोड ६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएका छन् ।

प्रभु बैंकले १ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ, नेपाल बैंकले १ अर्ब २८ करोड २९ लाख रुपैयाँ, सिटिजन बैंकले १ अर्ब २२ करोड ६५ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड ४८ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ८ लाख रुपैंया नाफा आर्जन गरेका छन् ।

वि.सं.२०८० चैत २८ बुधवार १७:०० मा प्रकाशित

You can share this post!

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८१ जेठ ८ मंगलवार १२:५५

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी...

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:३०

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै...

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:११

चितवन, ८ जेठः चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा...

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०४

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...