back
NMB ad

फेरी अवैध रूपमा एटिएमबाट रकम निकाल्ने दुई बिदेशी पक्राउ

Kumari bank ad

काठमाडौ। नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले एटिएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रूपमा रकम निकाल्ने दुई टर्केलीलाई फेरी बिहिबार पक्राउ गरेको छ ।

उनीहरु काठमाडौँको जमलस्थित एलो प्यागोडा होटलमा पक्राउ परेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बाउन्न वर्षीय मुहरिम उजुन  र ३२ वर्षीय सेलाहात्तिन याबरलाई ब्युरोबाट खटिएको टोलीले अत्याधुनिक कार्ड स्किमिङ डिभाइस र हिडन क्यामरा प्रयोग गरी रकम निकालेको अभियोगमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

अभियुक्तबाट नेपाली रुपैंया ३६ लाख ७५ हजार, एक हजार सात सय युरो र एक हजार छ सय ६० अमेरिकी डलर तथा विभिन्न एटिएम कार्ड ११३ थान, मोबाइल फोन दुई थान, एटिएम कार्डका पिन लेखिएको कागजको पाना आठ थान तथा करिब नेरु २६ लाख पर्ने स्विस घडी बरामद गरिएको छ ।

पछिल्लो समय नेपालमा बल्गेरिया, टर्की, रोमानिया लगायत देशका नागरिक पर्यटकले प्रवेशाज्ञा बनाएर नेपाल आई विभिन्न बैंकको एटिएममा पसेर रकम चोर्ने गरेको ब्युरोले जनाएको छ । सोमबार मात्र यस्तै आरोपमा तीन रोमानियाली पक्राउ परेका थिए ।  यसभन्दा पहिले २०७१ साल मङ्सिरमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नेरु २६ लाख सहित टर्केली र चैतमा नेरु १८ लाख सहित बुल्गेरियाली र  गत साउनमा नेरु दुई लाख ६४ हजार सहित रोमानियाली पक्राउ परेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले यस्ता अपराध अब दोहोरिन नदिन पूर्वी युरोपबाट आएका नागरिकमाथि निगरानी बढाइएको तथा बैंकसँग सहकार्य गरेर प्रहरी अघि बढिरहेको जानकारी दिएका छन् ।

प्राशित मितिः २०७३ कार्तिक २५

वि.सं.२०७३ कात्तिक २५ बिहीवार १९:४९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...