back
NMB ad

मंसिर पहिलो साता मकालु–कञ्चनजङ्गा हीरक महोत्सवः विश्वका प्रख्यात आरोहीहरु आउँदै

Kumari bank ad

काठमाडौ। विश्व चर्चित मकालु र कञ्चनजङ्गा हिमालको हीरक महोत्सव मनाउने सिलसिलामा संसार भरका आरोही नेपाल आउने भएका छन् ।
विश्वको पाँचौँ अग्लो मकालु (आठ हजार चार सय ६३ मिटर) र तेस्रो अग्लो कञ्चनजङ्गा (आठ हजार पाँच सय ८६ मिटर) हिमालको हीरक महोत्सव मनाउन आगामी मङ्सिरको पहिलो साता आरोही नेपाल आउन लागेका हुन् । महोत्सवमा ख्यातिप्राप्त विदेशी आरोही, पर्यटन तथा वातावरणविद् एवम् अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको पनि सहभागिता हुने हीरक महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

अन्तर्राष्ट्रिय आरोही तथा मिडिया पनि नेपाल आउने भएकाले नेपालको पर्यटनलाई विश्वमा प्रवद्र्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ । आगामी मङ्सिर ३ र ४ गते काठमाडौँ, ६ गते सङ्खुवासभाको चिचिलडाँडा र ७ गते ताप्लेजुङको फुङ्लिङ बजारमा महोत्सव मनाउन लागिएको मुल आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

ती दुई हिमालमा पहिलो मानव पाइला टेकेको ६० वर्ष पुगेका अवसरमा हीरक महोत्सव मनाउन लागिएको हो । विसं २०१२ जेठ १ गते फ्रान्सेली लियोनेल टेरे र जिन काउजीले मकालु हिमालको सफल आरोहण गरेका थिए । त्यस्तै जेठ ११ गते बेलायती जो ब्रिब र जर्ज ब्यान्ड ले कञ्चनजङ्गाको आरोहण गरेका थिए ।
सन् २०१५ मै महोत्सव मनाउनुपर्ने भए पनि भूकम्प र नाकाबन्दीका कारण पछि सरेको जनाइएको छ ।

महोत्सवलाई भव्य र सभ्य बनाउन आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । महोत्सवकै अवसरमा काठमाडौँमा भूकम्पपछिको ‘माउन्टेन टुरिजम’ बारे दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना पनि हुने  र त्यसमा ख्यातिप्राप्त आरोही तथा वातावरणविद्को सहभागिता रहनेछ । त्यसैगरी एसियन अल्पाइन एसोसिएसनको साधारणसभा पनि आयोजना हुने मूल आयोजक समितिले जनाएको छ ।

महोत्सवमा दुवै हिमाल आरोहण गर्ने एसियाका अधिकांश मुलुक तथा युरोप र अमेरिकाका चर्चित आरोही आउने बताइएको छ । आरोहीसँगै प्रतिष्ठित व्यक्ति तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि पनि नेपाल आउने भएकाले नेपालको छविलाई विश्वसामु पु¥याउन महोत्सव उपयोगी हुने मूल आयोजक समितिका सदस्यसचिवसमेत रहनुभएका नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष आङ्छिरिङ शेर्पाले बताए ।

उनले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले आठ हजार मिटर अग्ला हिमालको हीरक महोत्सव मनाउने अभियान जारी रहेको बताए । मूल आयोजक समितिका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न महोत्सव उपयोगी हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष शेर्पाका अनुसार हालसम्म मकालु हिमालको ३९१ र कञ्चनजङ्गाको ३२३ जना स्वदेशी तथा विदेशी आरोहीले सफल आरोहण गरिसकेका छन् । त्यसमा सबैभन्दा बढी नेपाली र अमेरिकी नागरिक छन् ।

प्राशित मितिः २०७३ कार्तिक २५

वि.सं.२०७३ कात्तिक २५ बिहीवार २०:१५ मा प्रकाशित

You can share this post!

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...