back
NMB ad

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

Kumari bank ad

काठमाडौँ, २७ वैशाखः काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल सङ्गठनका पूर्वपदाधिकारी लगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सङगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा अदालतबाट हामीलाई पक्राउ गर्न अनुमति प्राप्त भएको छ, पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गर्छौँ ।” अदालतले २० जनाविरुद्ध पक्राउ अनुमति दिएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले जनाएको छ ।

सिआइबीमा बिहीबार बाल सङगठनको जग्गा विवादमा संलग्न व्यक्तिहरुविरुद्ध जाहेरी परेको प्रवक्ता बोगटीले बताउनुभयो । नेपाल बाल सङगठनलाई हानी नोक्सानी पु¥याउने उद्देश्यले बिसं २०४९ सालदेखि बिसं २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको तथा आगामी २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप लागेको छ ।

नक्सालमा रहेको करिब २८ रोपनी पाँच आना एक पैसा जग्गा वार्षिक रु एक करोड नौ लाख तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको बताइएको छ । आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल सङगठनले केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) जाहेरी दिएको बताइएको छ ।

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:५८ मा प्रकाशित

You can share this post!

जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान, यस्तो छ शेयर संरचना       

जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान, यस्तो छ शेयर संरचना       

वि.सं.२०८१ जेठ २१ सोमवार ०६:४५

रमेश लम्साल  काठमाडौँ, २१ जेठ : उज्यालो कर्णाली बनाउने लक्ष्यका...

निजी क्षेत्रको मनोबल बढाएमात्र बजेट कार्यान्वयनमा सहज हुन्छः पूर्वअर्थमन्त्रीहरु   

निजी क्षेत्रको मनोबल बढाएमात्र बजेट कार्यान्वयनमा सहज हुन्छः पूर्वअर्थमन्त्रीहरु   

वि.सं.२०८१ जेठ २१ सोमवार ०६:३९

काठमाडौँ :  पूर्वअर्थमन्त्रीहरुले निजी क्षेत्रको मनोबल बढाए मात्र बजेट कार्यान्वयनमा...

आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै     

आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै     

वि.सं.२०८१ जेठ २१ सोमवार ०६:३२

तुलसीपुर (दाङ), २१ जेठ : लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष...

आज २१ जेठ २०८१ सोमवार, कुन राशिको कस्तो छ ?

आज २१ जेठ २०८१ सोमवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ २१ सोमवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गृहमन्त्री लामिछानेद्वारा पनौतीमा निर्माणाधीन ‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान’ को अनुगमन   

गृहमन्त्री लामिछानेद्वारा पनौतीमा निर्माणाधीन ‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान’ को अनुगमन   

वि.सं.२०८१ जेठ २० आइतवार २१:३२

धुलिखेल, २० जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज काभ्रेपलाञ्चोकको...

संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल   

संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल   

वि.सं.२०८१ जेठ २० आइतवार २१:२६

अमरेन्द्रकुमार यादव गोदार (धनुषा), २० जेठ : जनकपुरधाममा नौ दशक...