back
NMB ad

रौतहटमा गोली चल्यो एकको मृत्यु

Kumari bank ad

रौतहट। रौतहटको देवाही गाविसमा सोमबार बिहान हतियारधारी समूह र प्रहरीबीच भिडन्त हुँदा एक हतियारधारीको मृत्यु भएको छ । हतियारधारीको गोली लागी एक प्रहरी जवानसमेत गम्भीर घाइते भएका छन् ।
देवाही गाविस–८ स्थित लालबकैया नदी नजिक रहेको तटबन्ध हुँदै ठूलो मात्रामा हतियार भित्र्याइन लागेको सूचनाका आधारमा मध्य क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुग्दा तीन÷चारजनाको समूहमा रहेका उनीहरुले एक्कासि प्रहरीमाथि गोली प्रहार गरेको र प्रहरीको जवाफी कारबाहीमा भारत फौरैया लौखान ढाका पूर्वी चम्पारनका ४४ वर्षीय तेजीलाल साहको मृत्यु भएको हो । हतियारधारीले चलाएको गोलीबाट प्रहरी जवान सुरेन्द्र चौधरी गम्भीर घाइते भई थप उपचारका लागि हेटौँडास्थित चुरे हिल अस्पताल पठाइएको रौतहटका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।

मृतकबाट एक थान इन्सास राइफल, एक थान इटालीमा निर्मित पेस्तोल,  एक थान नलकटुवा पेस्तोल, इन्सासमा लाग्ने १५ थान गोली र कटुवाबाट पड्केको गोलीको खोकासमेत बरामद भएको प्रहरीले जनाएको छ । फरार रहेका अन्य हतियारधारी समूहको खोजी भइरहेको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २९

वि.सं.२०७३ कात्तिक २९ सोमवार १६:४४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...