back
NMB ad

सेयर बजार घट्छ/बढ्छ, तर के तपाईले यी कुरा विचार गर्नुभएको छ र ?

Kumari bank ad

दशैंतिहारसँगै नेपालको सेयर बजार घट्ने क्रम जारी छ । झिनो संख्याले सूचक बढ्छ भने त्यति नै दोहोरो तेहरो अंकले सूचक झर्ने क्रम जारी छ । बजारको प्रकृति भनेको बढ्नु र घट्नु हो । यो कुनै ठूलो कुरा हैन ।

गत बर्ष पूँजी बजारमा भएको सुधार, लगानीकर्ताको बढ्दो संख्या, अधिक तरलता, बजारमा सेयर आपुर्ति संख्या कम हुनु, लगानीकर्तालाई प्रायः सेयरमा न नाफा, न घाटाको अबस्था रहनु, पूँजी बृद्धिको प्रभाव, अन्यत्र लगानीको अबसर कम हुनु, बैंक ब्याज दर न्युन हुनु लगायतका कारणले पूँजी बजार लगातार माथि गयो ।

त्यस्तै, यस बर्षको सुरुका दिनहरु सम्ममा आईपुग्दा प्रायः सबै बाणिज्य बैंकका सेयर राखेकाहरुले ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म नाफा कमाए । त्यसपछि हकप्रदको चाप बढ्दै गयो र हकप्रदका लागि रकम जोहो गर्नेहरु सेयर बेच्न आए । हकप्रद र बोनसले बजारमा सुचिकृत सेयरको आपुर्ति ह्वात्तै बढाईदियो, जसलाई बजारले थाम्न सकेन ।

नाफामा रहेका सेयरधनीले बजार घट्न थालेपछि अरु घट्ला भन्ने चिन्ताले सेयर बेच्ने नै भए । चाड पर्वको मौसमको असर पनि यसमा पर्यो । सेयरबाट कमाएकाहरुले पैसा निकालेर घर र गाडी जोड्दाको एउटा पाटो पनि यसमा छ । बैंक ब्याज दर उकालो लाग्ने क्रमसँग कर्जा लिएर सेयर बजारमा लगानी गर्नेहरु निरुत्साहित हुनथाले । संस्थागत र ठूला लगानीकर्ता सेयर बजारमा झर्न छाडी डिलमा बसेर रमिता हेरे । सेयर बजारमा तत्काल ठूलो प्रभाव पार्ने खालका सूचना र नीतिगत निर्णयहरु आएनन् ।

यसरी हेर्दा बजारमा दिनदिनै निराशाजनक अबस्था देखियो, यसैले कारोबार रकमलाई साढे दुई अर्बबाट ६०र७० करोडमा सिमित गरिदियो र नेप्से पनि लगातार ओरालो लाग्यो । आईतबारसम्म  नेप्सेको समग्र पूँजीकरणमा झण्डै एक खर्ब २० अर्बको क्षति भईसकेको अबस्था थियो, सोमबार त्यसमा केही सुधार आयो । तर फेरि हिजो मंगलबार नेप्सेको सूचक फेरि झ¥यो ।

धेरै माथि चढेपछि बजार ओर्लनु स्वभाविक हो । तर सेयर बजारमा यसै हुन्छ भनेर भबिष्यबाणी गर्नेहरु बारम्बार फेल भईरहेका छन् । यस्तो अवस्थामा के गर्नु जरुरी छ त रु यहाँ केही बुँदाहरु प्रस्तुत गरिएकोछ :

१. सेयर बजारमा अति उत्साहित पार्ने र चरम निराश बनाउने दुबै खाले प्रबृत्ति अति घातक हुन्छन् । त्यसैले उचालिएर सेयर किन्ने वा डराएर सेयर बच्ने काम गर्नु आवश्यक छैन ।

२. कम्पनीको अबस्था र प्राविधिक अवस्थालाई पनि उत्तिकै बिश्लेषण गरी सेयर बजारमा सुझबुझपूर्ण निर्णय लिएर लगानी गर्नु आवश्यक छ ।

३. बजारको आफ्नै नियम हुन्छ, त्यही नियम अनुसार बजारलाई चल्न दिनुपर्छ । बजार झ¥यो भनेर आत्तिनु र बजार माथि उक्लियो भनेर मात्तिनु आवश्यक छैन ।

४. हकप्रदको सेयर जारी हुँदैछ भन्दैमा उचालिएर सेयर किन्नु आवश्यक छैन । दीर्घकालीन हिसाबले राम्रा कम्पनीको हकप्रद किन्नेहरुले फाईदा लिनसक्छन् तर ब्यापारी बनेर सेयर बजारमा हकप्रदमा उचालिएर सेयर किन्नेहरुले खाने घाटा नै हो ।

५. आजको भोलि करोडपति हुन्छु भनेर सेयर बजारमा लगानी गर्नु मुर्खता हो । सेयर बजारमा दीर्घकालीन लगानी गर्ने लगानीकर्ताहरुले नै धेरैभन्दा धेरै फाइदा लिइरहेका हुन्छन् ।

६. लगानीकर्ताले हल्लाको पछि नलागी सतर्क बसेर सत्यतथ्य बुझेर आफ्नै निर्णयमा लगानी गर्ने गर्नुपर्छ । कागले कान लग्यो भन्दैमा कान नै नछामी दौडनु मुर्खता हुन्छ ।

७. सेयर बजार तल गएको बेला कम्तिमा  १० वटा राम्रो कम्पनीको सेयर मुल्य घटाएरै किन्नौ । तीन बर्षका लागि ढुक्क हुने किसिमले लगानी गरौं त्यसपछि सेयर बजार बढेर आफुलाई चाहे जत्ति नाफा भएपछि बेच्नु बुद्धिमानी हुन्छ ।

१ मंसिर २०७३, १.३०

वि.सं.२०७३ मंसिर १ बुधवार १३:३५ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...