back
NMB ad

धादिङ र गोरखावासीले मान्लान् त सांसदहरुको आग्रह !

Kumari bank ad

काठमाण्डौं । धादिङ र गोरखाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले बूढीगण्डकी जलविद्युत् आयोजनामा कुनै पनि अवरोध नगर्न आग्रह गरेका छन् । दुवै जिल्लाबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरुले सामूहिक वक्तव्यमार्फत चरम ऊर्जा सङ्कट भोगिरहेको मुलुकलाई विद्युत् उपलब्ध गराउने सहज आयोजनाका रुपमा रहेको बूढीगण्डकी आयोजना सम्पन्न गरेरै छाड्नुपर्नेमा जोड दिएका छन् ।

आयोजना निर्माणका लागि ठेक्का आह्वान गरी निर्माण कम्पनी टुङ्गो लगाउन तथा आयोजना निर्माणका कारण डुबानमा पार्ने क्षेत्रका जनताको जायज मागलाई सम्बोधन गराउन आफूहरु प्रतिबद्ध रहने समेत सांसदहरुले जनाएका छन् ।

आयोजनास्थलका मुख्य बजार क्षेत्र बाहेकका जनताको घर, टहरा, बाली बोटबिरुवा र जमनिको वर्गीकरण गरी मुआब्जा निर्धारणसम्बन्धी नीति तय गर्ने कार्यका साथै डुबान क्षेत्रमा पर्ने जनताको पुनर्वास, ऐलानी र गुठी जमिनलगायत विभिन्न प्याकेजमा सम्बोधन गर्ने नीतिगत निर्णयसमेत भइसकेको जनाएको छ ।

सांसदहरुले ऊर्जा मन्त्रालयले तयार गरिएको उक्त मुआब्जासम्बन्धी नीतिमा आधारित भई केही दिनअघि मुआब्जा निर्धारण समिति गोरखाले मुआब्जा तय गरिसकेको र डुबान क्षेत्रका जनताले सोही विषयमा आधारित भएर व्यक्त गरेको असन्तुष्टिप्रति पनि ध्यानाकर्षण भएको जनाइएको छ ।

उनीहरुले प्रभावित क्षेत्रका जनतालाई संयमित हुन र तत्कालै निर्माण चरणमा प्रवेश गर्न लागेको आयोजनालाई तपाईं हाम्रै अवरोधका कारण हाम्रो हातबाट फुत्कन नदिई सचेत रहनसमेत सबैमा आग्रह गरिएको छ ।

यसरी आग्रह गर्नेमा सांसद चीनकाजी श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, कृष्ण धिताल, गङ्गालाल तुलाधर, गुरुप्रसाद बुर्लाकोटी, कमला पन्त, छमबहादुर गुरुङ, धनबहादुर घले, दिलमान पाख्रिन र परशुराम तामाङ छन् ।

स्थानीयवासीले मुआब्जा वितरणमा अन्याय भएको भन्दै बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय रहेको गोरखाको सिउरेनीटारमा प्रदर्शन गरेका थिए । स्थानीयवासीले प्रदर्शन र तोडफोड गर्दा आयोजना कार्यालयको १४ वटा झ्यालको सिसा फुटेका थिए भने नौजना प्रदर्शनकारी घाइते भएका थिए ।

ऊर्जामन्त्री जनार्दन शर्माले स्थानीय सरोकार भएका व्यक्तिलाई बोलाएर मुआब्जा निर्धारणका लागि धादिङ र गोरखाका प्रमुख जिल्ला अधिकारीलाई दशबुँदे निर्देशन दिएका थिए।

ऊर्जाले आयोजना गरेको बैठकमा दुवै जिल्लाका सांसद, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा सरोकार समितिका पदाधिकारीसमेत सहभागी थिए ।

आयोजनाले विभिन्न तहमा जग्गाको वर्गीकरण गरी न्यूनतम रु पाँच लाख ५० हजारदेखि अधिकतम रु आठ लाख ५० हजारसम्म जग्गाको मुआब्जा तोकेको छ ।

२२ मंसिर २०७३, १०।००

वि.सं.२०७३ मंसिर २२ बुधवार १७:३८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...