back
NMB ad

नेपालको जलबिद्युत्मा लगानी गर्न बंगलादेश आतुर !

Kumari bank ad

काठमाडौ। बङ्गलादेशले नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने नेपालसमक्ष प्रस्ताव गरेको छ । पन्ध्र हजार मेगावाट क्षमताको विद्युत् उत्पादन पु¥याएको अवसरमा बङ्गलादेशको राजधानी ढाकामा आयोजित विशेष समारोहमा सहभागी हुन बङ्गलादेशको भ्रमणमा पुगेका ऊर्जा मन्त्री जनार्दन शर्मासँगको भेटमा सो प्रस्ताव गरिएको हो ।

ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने वा नेपालमा उत्पादित विद्युत्लाई ऊर्जा बिक्री कम्पनीमार्फत खरिद गर्ने वा अन्य कुनै विकल्प अपनाउने भन्ने बारेमा समेत संयुक्त कार्यदल बनाएर छलफल गर्ने प्रस्ताव बङ्गलादेशले गरेको छ ।

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले ऊर्जा राज्यमन्त्री नसरुल हमिदलाई समेत साथै राखेर ऊर्जा मन्त्री शर्मासँग संयुक्त लगानीका विभिन्न उपायहरु खोज्न र दुवै मुलुक एक आपसमा मिलेर जलविद्युत् आयोजनामा लगानी गर्ने विषयमा छलफल गरिएको मन्त्री शर्माले जानकारी दिए ।

नेपाल र बङ्गलादेशबीच जलविद्युत्मा लगानी गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर नै गरेर प्रक्रिया सुरु गर्ने तयारी धेरै पहिलेदेखि भए पनि काम भने अगाडि बढ्न सकेको थिएन । प्रधानमन्त्री हसिना र ऊर्जामन्त्री शर्माबीचको भेटवार्तामा उक्त समझदारीपत्रमा हस्ताक्षर गरेर अगाडि बढ्ने विषयमा समेत कुराकानी भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।

“बङ्गलादेश नेपालबाट विद्युत् खरिद गर्न, संयुक्त लगानी गर्न वा जुनसुकै विधिबाट पनि संयुक्त रुपमा काम गरौँ भन्ने सकारात्मक धारणाका साथ आएको छ, यसले हामीलाई थप उत्साहित बनाएको छ”–ढाकाबाट फर्केपछि मन्त्री शर्माले भने । “आगामी एक महिनाभित्रै समझदारीपत्रमा हस्ताक्षर गरेर प्रक्रिया अगाडि बढाउने सोचाइमा मन्त्रालय रहेको छ ।” मन्त्री शर्माले यही मङ्सिर २२ देखि २४ सम्म बङ्गलादेशको भ्रमण गरेका थिए ।
नेपाल र बङ्गलादेशबीच सरकार–सरकार (जि टु जी) संयुक्त लगानी गर्ने वा निजी क्षेत्रले लगानी गर्ने वा विद्युत् व्यापार कम्पनीमार्फत विद्युत् खरिद गर्ने भन्ने विषयमा भने पछि नै टुङ्गो लाग्नेछ । समझदारीपत्रमा हस्ताक्षर गर्न विगत तीन वर्षपहिले नै बङ्गलादेशले आग्रह गरेपनि प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

लगानीका विभिन्न सम्भावनाका बारेमा द्विपक्षीय छलफल गर्न बङ्गलादेशी ऊर्जा राज्यमन्त्री हमिदलाई नेपाल भ्रमणको निम्तासमेत दिइएको छ । समझदारीपत्रका बारेमा अर्थ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले समेत स्वीकृति दिएकाले एक साताभित्रै बङगलादेश पठाउने तयारी गरिएको छ ।

प्रसारण लाइनका विषयमा नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय बैठकको आयोजना गरेर सहमति खोज्न सकिनेमा समेत दुई मुलक (नेपाल र बङ्गलादेश)सहमत भएका छन् ।

“कुटनीतिक वा संयुक्त संयन्त्रमार्फत छलफल गर्न सकिन्छ, इच्छा भए सबै विषयमा सहमति कायम गरेर काम गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ”–ऊर्जा मन्त्री शर्माले भने ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १९ औँ शिखर सम्मेलनको क्रममा काठमाडौँमा भएको सहमतिअनुसार पनि ऊर्जा क्षेत्रमा लगानीका अवसर सिर्जना हुन सक्ने देखिन्छ । ‘सार्क इलेक्ट्रिकल फ्रेम एग्रिमेन्ट’अनुसार पनि नेपाल, भारत, बङ्गलादेशबीच विद्युत् आदानप्रदान तथा संयुक्त व्यापार गर्न सकिन्छ ।

नेपाल र भारतबीचमा रहेको सचिव र सहसचिवस्तरीय संयन्त्र जस्तै बङ्गलादेशसँग पनि सोही खालको संयन्त्र बनाउन सकिने प्रस्ताव गरिएको छ ।

सहसचिव घिमिरेले संयुक्त रुपमा काम गर्ने विषयमा बङ्गलादेशले चासो व्यक्त गरेको र केही समयभित्रै प्रक्रिया सुरु हुने बताउनुभयो । एकाध वर्षमा बङ्गलादेशले जलविद्युत् उत्पादनमा गरेको प्रगति नेपालको लागि पनि अनुकरणीय हुन सक्ने भन्दै सहसचिव घिमिरे आगामी एक महिनाभित्र समझदारीपत्रमा हस्ताक्षर हुने बताउँछन् ।

प्रकाशित मितिः २०७३ मंसिर २५

वि.सं.२०७३ मंसिर २५ शनिवार २३:२३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...