back
NMB ad

सय मेगावाटभन्दा साना विद्युत आयोजना सरकारले नबनाउने,उर्जा उत्पादकलाई प्रतिमेगावाट ५० लाख भ्याट छुट

Kumari bank ad

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा रहेको जलविद्युत् क्षेत्रको विकासमा सरकारले केही महत्वाकांक्षी कार्ययोजना अगाडि सारेको बताएका छन् ।

ऊर्जा मन्त्रालयको संयोजनमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले आयोजना गरेको पावर समिट–२०१६ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस क्षेत्रमा रहेका नीतिगत, कानुनी तथा प्राविधिक समस्या समाधान गर्न सरकार लागिपरेको बताए ।

कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले जलविद्युत् क्षेत्रमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनुपर्नेमा जोड दिए । मन्त्री शर्माले विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता गर्दा ‘टेक अर पे’ (अर्थात निजी क्षेत्रका कम्पनीले उत्पादन गरेको विद्युत् आवश्यक परे खरिद गर्ने नपरे नगर्ने व्यवस्था) हटाएर ‘टेक अर पे’ को सट्टा ‘टेक एन्ड पे’ (अर्थात उत्पादित विद्युत् प्राधिकरणले किन्नैपर्ने) को व्यवस्था गर्न लागिएको जानकारी दिए ।

सो प्रावधानबाट जलविद्युत् उत्पादनको क्षेत्रमा ढुक्क भएर लगानी गर्ने वातावरण सिर्जना हुने स्पष्ट पार्दै मन्त्री शर्माले उत्पादित विद्युत् प्राधिकरणले नकिन्ने हो कि भन्ने त्रासबाट ऊर्जा उत्पादकमुक्त हुने र परिणामस्वरुप विद्यु्त् उत्पादनको कार्यले गतिलिने विश्वास व्यक्त गरे ।

ऊर्जा उत्पादक कम्पनीलाई प्रति मेगावाट रु ५० लाख भ्याट छुट दिइने जानकारी दिँदै मन्त्री शर्माले सो व्यवस्थाबाट ऊर्जा उत्पादकलाई निकै ठूलो राहत मिल्ने बताए ।

सरकारले १०० मेगावाट भन्दा साना जलविद्युत् आयोजनामा हात हाल्नेछैन । उनले भने । उनले त्यस्ता आयोजना अगाडि बढाउन निजी क्षेत्रलाई अनुमति दिइने उल्लेख गरे ।

उनले मन्त्रालयको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तर्गत सरकारी स्वामित्वको जलविद्युत् उत्पादन कम्पनीमा निजी ऊर्जा उत्पादक कम्पनीले पनि संस्थागत सेयर राख्न पाउने व्यवस्था गरिएको जानकारी गराए ।

आजबाट सुरु भएको समिटमा नेपाल, भारत, चीन बङ्गलादेश, नर्वे, अष्टे«लियालगायत मुलुकका करिब ५०० प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मितिः २०७३ मंसिर ३०

वि.सं.२०७३ मंसिर ३० बिहीवार २३:१५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...