back
NMB ad

अब नेपाली सिम सयभन्दा बढी देशमा चल्ने

Kumari bank ad

काठमाण्डौं । नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन्। नेपाल टेलिकमले ७२ र एनसेलले एक सय ११० मुलुकमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएका छन्। सेवा प्रदायकहरूले अन्तर्राष्ट्रिय रोमिङको दायरा बढाउँदै र ट्यारिफ घटाउन थालेपछि अन्तर्राष्ट्रिय रोमिङ सेवाका उपभोक्ताको संख्या पनि बढेको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

यो सेवाले विदेश जाँदा पनि स्वदेशमा नियमित सम्पर्क गर्न सहज हुने गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका बताउँछन्। व्यक्तिगत वा व्यावसायिक कामले विदेश गइरहने प्रयोगकर्तालाई अहिले मोबाइलमा सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्था छैन। अन्तर्राष्ट्रिय रोमिङले नेपालकै सिम प्रयोग गरेर विदेशबाट नियमित सम्पर्क गर्न सहज भएको मुरारकाको भनाइ छ। ‘यसले विदेशमा गएर सिमकार्ड किनिरहनुपर्ने र नयाँ नम्बरबाट नेपालमा सम्पर्क गर्नुपर्ने बाध्यता हटेको छ,’ उनले भने।

कामविशेष वा भ्रमण गर्न छोटो समयका लागि विदेश जाने जोसुकैले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिन उपयुक्त हुन्छ। यसका लागि सम्बन्धित कम्पनीमा गएर अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनुपर्छ। कम्पनीअनुसार सर्त र नियम फरक–फरक हुन्छन्।

अन्तर्राष्ट्रिय रोमिङ सेवा अत्यधिक खर्चिलो हुन्छ। नेपालबाट भारतमा फोन गर्दा सरदर प्रतिमिनेट ४ रुपैयाँ लाग्छ। तर, रोमिङ सेवा लिएर भारतमा गई फोन उठाउँदा प्रतिमिनेट २ सय रुपैयाँसम्म लाग्छ। यस्तो मूल्य विभिन्न कम्पनी र तिनका प्याकेजअनुसार फरक–फरक हुन्छन्। खर्चिलो हुने भएकै कारण उच्च आय भएका व्यक्तिले मात्रै अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने गरेको सेवा प्रदायकले जनाएका छन्।

कुनै एक मुलुकमा रहेको टेलिकम कम्पनीको सिम (नम्बर) अन्य मुलुकमा रहेको सेवा प्रदायकको नेटवर्कमा समेत चल्न सक्ने सुविधा अन्तर्राष्ट्रिय रोमिङ हो।

उदाहरणका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएपछि नेपाल टेलिकम वा एनसेलका सेवाग्राहीले आफूले प्रयोग गरिरहेको नम्बर अर्को देशमा रहेको अन्य सेवा प्रदायकको नेटवर्कमा समेत चलाउन सक्छन् । रोमिङले यात्राका क्रममा जुन मुलुकमा पुगे पनि ‘वायरलेस सेवा’ विनाअवरुद्ध नेटवर्कमा आबद्ध भइरहने र भ्वाइस, एसएमएस र डाटा सेवा लिन सक्ने प्रत्याभूति दिन्छ ।

यसका लागि सम्बन्धित मुलुकका सेवाप्रदायकबीच अन्तर्राष्ट्रिय रोमिङको सम्झौता हुन्छ । रोमिङ इनवाउन्ड र आउटवाउन्ड गरी दुई किसिमको हुन्छ । नेपालका सेवाग्राहीले यहाँ प्रयोग गरिरहेको नम्बर विदेशमा गएर त्यहाँको नेटवर्कमा प्रयोग गर्नु आउटवाउन्ड रोमिङ हो । त्यस्तै, विदेशका मोबाइल प्रयोगकर्ताले त्यहाँको नम्बर नेपालमा आएर प्रयोग गर्नु इनवाउन्ड रोमिङ हो।

१३ पुस २०७३, सेतोपाटी, ८।००

वि.सं.२०७३ पुस १३ बुधवार ०८:४१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...