back
NMB ad

सेन्चुरीले पायो इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंक एक्वाएर गर्न सहमति

Kumari bank ad

काठमाडौ। राष्ट्र बैंकले सेञ्चुरी बैंकलार्इ इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंक एक्वायर गर्न सैद्धान्तिक सहमति दिएको छ । इन्नोभेटिभ र अरनिकोको एक्वायरपछि बैंकको पुँजी पाँच अर्ब माथि पुग्नेछ।

बैंकका अनुसार एक्वायर, हकप्रद र मुनाफा आर्जनबाट सेञ्चुरीले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने लक्ष्य राखेको छ। बैंकले माघ महिनाभित्रै एकीकृत कारोबारको लक्ष्य राखेको थियो। राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएपछि अब एकीकृत कारोबार हुनसक्ने देखिएको छ।
अरनिकोको २५ करोड ७८ लाख रुपैयाँको चुक्ता छ भने इन्नोभेटिभको २९ करोड चुक्ता पूँजी छ। अरनिकोले सेयरधनीलाई सय कित्ता सेयर हुने सेयरधनीलाई ३६ कित्ता हकप्रद सेयर वितरण गर्दैछ। सेञ्चुरी, अरनिको तथा इन्नोभेटिभले गत आर्थिक वर्षमा गरेको मुनाफा वितरण गरेपछि एक्वायर गर्ने हुँदा एकीकृत कारोवार गर्ने समयमा सेञ्चुरीको चुक्ता पुँजी पाँच अर्व रुपैयाँभन्दा माथि पुग्नेछ।

बैंकसँग असोजसम्म ३१ अर्ब ६८ करोड रुपैयाँ निक्षेप छ भने २७ अर्व ६० करोड कर्जा लगानी गरेको छ। इन्नोभेटिभ र अरनिको लाई प्राप्तीपछि सेञ्चुरी बैंकले ५० भन्दा बढी शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्ने जानकारी दिएको छ।

प्रकाशित मितिः २०७३ पुस १३

वि.सं.२०७३ पुस १३ बुधवार १७:१२ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...