back
NMB ad

पाल्पाको कृषि होमस्टेमा पर्यटकको भिड

Kumari bank ad

पाल्पा । सिर्जना फार्म प्रालिद्वारा सञ्चालित खस्यौली–७ हिरापोखरामा रहेको कृषि होमस्टेमा पर्यटकको आकर्षण बढ्दै गएको छ । पाल्पा सदरमुकाम तानसेनबाट झन्डै १४ किलोमिटर पश्चिममा रहेको कृषि होमस्टेमा पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकको ह्वात्तै आकर्षण बढ्न थालेको हो ।

विगत चार वर्षअघिबाट सञ्चालनमा आएको यस होमस्टेमा गाउँमै उत्पादित कृषिजन्य वस्तुको स्वादिला परिकारको स्वादमा रमाउन आन्तरिक पर्यटकसँगै हिजोआज विदेशी पर्यटकको घुइँचो लाग्ने गर्दछ । सदरमुकाम तानसेन घुम्न आउने पर्यटक बास बस्न र कृषिजन्य वस्तुको स्वादिला परिकारमा रमाउन यहाँ आउने गर्दछन् ।

होमस्टेमा गत वर्ष एक हजार जति आन्तरिक र बाह्य पर्यटक भित्रिएका छन् भने यस आर्थिक वर्षको हालसम्म ९०० को हाराहारीमा पर्यटक भित्रिएको व्यवस्थापक अमर गुरुङले बताए । तीनवटा घरमा सञ्चालित यस होमस्टेमा एक दिनमा ३० जनासम्म बसोबास गर्न मिल्ने व्यवस्था रहेको उनले बताए ।

गाउँमै उत्पादित कृषिजन्य वस्तुको परिकारको साथमा ग्राहकको रोजाइअनुसारका विभिन्न परिकार होमस्टेमा बन्ने गर्दछ । एक दिन र रातका लागि एक नेपालीका लागि रु दुई हजार २०० र विदेशीका लागि रु तीन हजार ३०० शुल्क तोकिएको छ । मासिक रुपमा रु सात लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्यका साथ कृषि होमस्टे सञ्चालनमा ल्याइएको व्यवस्थापक गुरुङले बताए ।

होमस्टेसँगै कृषि, गाई फार्म, कुखुरा फार्म, बङ्गुर फार्म, हाँस, कफी व्यवसाय पनि सञ्चालनमा ल्याइएको छ । साढे दुई रोपनी जग्गामा तरकारी खेती, २० वटा उन्नत जातका गाई, स्थानीय र उन्नत गरी ६० वटा बाख्रा, चारवटा बङ्गुर र सातवटा हाँस पनि रहेका छन् । ३६ जना सेयर सदस्यले सञ्चालन गरेको सिर्जना फार्म प्रालिद्वारा सञ्चालित यस व्यवसायमा झन्डै रु तीन करोड बराबरको लगानी परेको छ । ३०० रोपनी जग्गामा सञ्चालित कृषि फार्ममा यहाँका १५ जनालाई रोजगारी मिलेको छ ।
प्रकाशित मितिः २०७३ पुस १४

वि.सं.२०७३ पुस १४ बिहीवार १६:३३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...