back
NMB ad

नेपाल भ्रमण वर्ष युरोप २०१७ सुरु, ४० प्रतिशतसम्म पर्यटकको बृद्धि गरिने

Kumari bank ad

काठमाण्डौं । नेपाल पर्यटन बोर्डले नेपाली पर्यटकिय गन्तव्यको युरोपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ ‘नेपाल भ्रमण वर्ष युरोप २०१७’ अभियानको सुरुवात गरेको छ । बोर्डको १८ औं वार्षिकोत्सवको अवसरमा युरोपमा रहेका गैरआवासिय नेपाली, तथा विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा उक्त अभियानको थालनी गरिएको हो।

सन् २०१८ को लागि घोषणा गरिएको नेपाल भ्रमण वर्षको पूर्वअभ्यासका रुपमा पनि यो अभियान सुरु गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत९सिइओ० दिपकराज जोसीले जानकारी दिए।

हाल युरोपबाट आइरहेका पर्यटकको संख्यामा ३० देखि ४० प्रतिशत बृद्धि गर्ने उद्देश्यले यो अभियान थालनी गरिएको जोसीले बताए। युरोपमा रहेका नेपाली नियोगहरु, गैरआवासिय नेपाली संघ,नेपालीहरु आबद्ध अन्य संघसंस्थाहरु, र मानार्थ जनसम्पर्क प्रतिनिधिहरुमार्फत यो अभियान संचालन गरिने जोसीले बताए।

यो अभियानको संयोजक आयरल्यान्डका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि दिपेशमान शाक्य रहेका छन्। शाक्यले युरोपमा रहेका नेपालीहरुमार्फत नेपालको पर्यटकिय सम्भाव्यताको प्रचारप्रसार गर्ने र नेपाल घुम्न जान उत्प्रेरित गरिने बताए। विभिन्न इभेन्ट र फोरमहरुमार्फत नेपालको प्रचारप्रसार गर्नको लागि विभिन्न खाले संयन्त्र बनाएर जाने उनले प्रष्ट पारे।

यो अभियानबाट युरोपबाट सन् २०१६ को तुलनामा ४० प्रतिशतसम्म पर्यटकको संख्या बढाउने लक्ष्य लिइएको र सफल हुनेमा विश्वस्त रहेको उल्लेख गरे। भ्रमणवर्षका लागि फोटो प्रदर्शनी,पर्वतारोहण सम्बन्धि गोष्ठी, साथीलाई नेपाल पठाउ अभियान जस्ता कार्यक्रमहरु गरिने जनाइएको छ।

त्यस्तै नेपालीहरुले संचाल गरेका रेष्टुरेन्टहरुमा नेपालसम्बन्धि सामग्रीको प्रदर्शन,नेपाल डे तथा बुद्ध जयन्तीजस्ता कार्यक्रम गरेर नेपाल गन्तव्यको प्रचारप्रसार गरिने बोर्डका सिइओ जोसीले जनाए।

१७ पुस २०७३, सेतोपाटी, ११।००

वि.सं.२०७३ पुस १७ आइतवार ११:२० मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...