back
NMB ad

युएई सरकारद्वारा १ खर्ब ५० अर्ब बराबरको सम्पत्ति जफत

Kumari bank ad

नयाँ दिल्ली । युएई सरकारले डि कम्पनीका प्रमुख दाउद इब्राहिमको १ खर्ब ५० अर्ब बराबरको सम्पत्ती जफत गरेको छ । सन् १९९३ मा मुम्बईमा भएको बम हमलाका योजनाकार मानिएका दाउदले युएईमा होटल, सपिङमल, हाउजिङमा लगानी गरेको भारतले दावी गर्दै आएको छ ।

एविपिन्युजका अनुसार भारतीय राष्ट्रिय सल्लाहकार अजित डोवालको युएई भ्रमणमा उनले दाउदको सम्पत्ति जफत गर्न आग्रह गरेका थिए।

गत वर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदी युएई भ्रमणमा जाँदा दुबइमा रहेके दाउदको सम्पत्तिको सुची युएई सरकारलाई बुझाएको थियो। भारतको सुची अनुसार युएई सरकारले जाँच गरेर फेला परेको सम्पत्ती जफत गरेको दावी गरिएको छ।

मुम्बई हमलामा भारतले उनलाई मोष्ट वान्टेड सूचीमा राखेर खोजी गरे पनि फेला पार्न सकेको छैन ।

आपराधिक समूह डी कम्पनीका मुखिया दाउद पाकिस्तानमा लुकेर बसेको भारतीयपक्षले दावी  गर्ने गरेको छ भने पाकिस्तानले अस्विकार गर्दै आएको छ। दाउदको दुश्मन छोटा राजनलाई भारत सरकारले पक्राउ गरिसकेको छ।

२० पुस २०७३, एविपिन्युज/बिजमाण्डु, ३।००

वि.सं.२०७३ पुस २० बुधवार १५:२९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...