back
NMB ad

हेर्नुहोस् सन् २०१६ मा सबैभन्दा बढी पर्यटक पुगेका दश शहर, यो पटक तपाई पनि पुग्ने कि ?

Kumari bank ad

बितेका केही वर्षयता संसारका प्राय: सबैजसो देशले पर्यटन व्यवसायमा ठूलो लगानी गर्दै आएका छन् । कुनै बेला राजनैतिक तथा व्यवसायिक उद्देश्यका लागि घुमफिर गर्नेहरू बढी हुन्थे । अहिले त्यो ट्रेन्डमा व्यापक परिवर्तन आएको छ । ग्लोबलाइजेसनको विस्तार भैरहेको सन्दर्भमा पनि मानिसमा फुर्सद हुनेबित्तिकै घुम्न जाने बानीको विकास भएको छ । सन् २०१६ मा पनि संसारभर एक देशबाट अर्को देशमा तथा आफ्नै देशभित्र घुम्नेहरूको संख्या १ अर्बभन्दा बढी भएको विभिन्न समाचार माध्यम तथा अनुसन्धानहरूमा उल्लेख छ । त्यसरी घुमिएका १० प्रमुख गन्तव्य :

बैंकक


थाइल्यान्डको राजधानी बैंकक दक्षिणपूर्वी एसियाको प्रमुख सहर हो । स्वास्थ्य तथा यौन पर्यटनका लागि नाम कमाएको बैंककमा सन् २०१६ मा २ करोडभन्दा बढी पर्यटक पुगे । बैंककको तापक्रम अधिकतम अप्रिल महिनामा ३५ डिग्री सेल्सियस तथा न्यूनतम डिसेम्बर महिनामा २२ डिग्री सेल्सियस रहन्छ । यो सहर वर्षभरि नै घुम्न सकिन्छ ।

लन्डन 
बेलायतको राजधानी लन्डन बेलायतको गौरवमय इतिहासको प्रतीक पनि हो । थेम्स नदीको किनारमा अवस्थित लन्डन सहर आफ्ना म्युजियम, कमर्सियल बैंक तथा खुला सडक एवं आलिसान महलहरूका लागि परिचित छ । सन् २०१६ मा त्यहाँ १ करोड ९८ लाखभन्दा बढी पर्यटक पुगेका थिए । लन्डनको तापक्रम अधिकतम जुन महिनामा २३ डिग्री सेल्सियस तथा न्यूनतम डिसेम्बर महिनामा ५ डिग्री सेल्सियस रहन्छ ।

पेरिस
विश्वविख्यात लुभ्र संग्रहालय तथा आइफल टावरका लागि प्रसिद्ध फ्रान्सको राजधानी पेरिस सीन नदीको किनारमा अवस्थित छ । सन् २०१६ मा त्यहाँ १ करोड ८० लाख पर्यटक पुगेका थिए । पेरिसको तापक्रम अधिकतम जुलाई महिनामा २५ डिग्री सेल्सियस तथा न्यूनतम फेब्रुअरी महिनामा २ डिग्री सेल्सियस रहन्छ ।

दुबई


युनाइटेड अरब इमिरेट्सको प्रमुख सहर दुबई तेल व्यवसायका लागि चर्चित छ । पछिल्लो समय आश्चर्यजनक भवन तथा स्मारकहरूको निर्माणका कारण चर्चित दुबई गल्फ अफ अरबमा अवस्थित छ । सन् २०१६ मा त्यहाँ १ करोड ५० लाख पर्यटक पुगेका थिए । दुबईको तापक्रम अधिकतम अगस्ट महिनामा ४१ डिग्री सेल्सियस तथा न्यूनतम जनवरी महिनामा १५ डिग्री सेल्सियस रहन्छ ।

न्युयोर्क
संयुक्त राज्य अमेरिकाको वैभवशाली सहर न्युयोर्क संयुक्त राष्ट्र संघको प्रधान कार्यालय तथा स्वतन्त्रताको मूर्तिका लागि परिचित छ । हड्सनको खाडीको मुखमा अवस्थित न्युयोर्क सहर वैश्विक औद्योगिक तथा व्यापारिक गतिविधिहरूको सहर पनि हो । सन् २०१६ मा त्यहाँ १ करोड २७ लाख पर्यटक पुगेका थिए । न्युयोर्कको तापक्रम अधिकतम अगस्ट महिनामा २९ डिग्री सेल्सियस तथा न्यूनतम जनवरी महिनामा माइनस ३ डिग्री सेल्सियस पुग्छ ।

सिंगापुर


एसियाको सबैभन्दा विकसित सहर सिंगापुर सामुद्रिक बन्दरगाह तथा समुद्री जीवजन्तुको अध्ययनका लागि परिचित छ । एसियाको प्रमुख व्यवसायिक केन्द्र सिंगापुरमा सन् २०१६ मा १ करोड २१ लाख पर्यटक पुगेका थिए । सिंगापुरको तापक्रम बाह्रै महिना अधिकतम ३२ डिग्री सेल्सियस तथा न्यूनतम २४ डिग्री सेल्सियस रहन्छ ।

क्वालालम्पुर 
मलेसियाको राजधानी पछिल्लो दशकमा उदाएको संसारकै प्रमुख औद्योगिक तथा व्यापारिक गतिविधिको केन्द्र हो । स्थापत्य कलाको अद्भुत नमुना मानिने पेट्रोनास टावरका लागि प्रसिद्ध क्वालालम्पुरमा सन् २०१६ मा १ करोड २० लाख पर्यटक पुगेका थिए । क्वालालम्पुरको तापक्रम बाह्रै महिना अधिकतम ३३ डिग्री सेल्सियस तथा न्यूनतम २४ डिग्री सेल्सियस रहन्छ ।

इस्तानबुल
टर्कीको प्रमुख सहर तथा व्यवसायिक राजधानी मानिने इस्तानबुल मध्ययुगको अटोमन–टर्क साम्राज्यको प्रमुख केन्द्र थियो । अहिले पनि टर्कीलाई युरोपसँग जोड्ने प्रमुख सहर मानिने इस्तानबुल आफ्ना स्थापत्य कलाका लागि सुपरिचित छ । सन् २०१६ मा त्यहाँ १ करोड १९ लाख पर्यटक पुगेका थिए । इस्तानबुलको अधिकतम अगस्ट तापक्रम महिनामा २९ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम जनवरी महिनामा ३ डिग्री सेल्सियस रहन्छ ।

टोकियो
जापानको राजधानी टोकियोको आफ्नै शान छ । संसारकै सबैभन्दा महँगो सहरमध्ये टोकियो अतिथि सत्कार एवं जापानी परम्पराहरूका लागि चर्चित छ । सन् २०१६ मा त्यहाँ १ करोड १७ लाख पर्यटक पुगेका थिए । टोकियोको तापक्रम अधिकतम अगस्ट महिनामा ३२ डिग्री सेल्सियस तथा न्यूनतम जनवरी महिनामा माइनस १ डिग्री सेल्सियस रहन्छ ।

सियोल
दक्षिण कोरियाको राजधानी सियोललाई कतिपय घुमक्कड टुप्पाबाट पलाएको सहर मान्छन् । कोरिया युद्ध (सन् १९५०–५३) का बेला तहस–नहस भएको सियोल अहिले औद्योगिक तथा व्यवसायिक गतिविधिका लागि चर्चित छ । सन् २०१६ मा त्यहाँ झन्डै १ करोड पर्यटक पुगेका थिए । सियोलको तापक्रम अधिकतम अगस्ट महिनामा ३० डिग्री सेल्सियस तथा न्यूनतम जनवरी महिनामा ३० डिग्री सेल्सियस तथा न्यूनतम जनवरी महिनामा माइनस ६ डिग्री सेल्सियस रहन्छ ।

प्रकाशित: पुस २५, कान्तिपुर साप्ताहिक, २०७३

वि.सं.२०७३ पुस २५ सोमवार १४:३६ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...