back
NMB ad

राष्ट्रपति कार्यकालको अन्तिम मन्तव्यः प्रजातन्त्रलाई मजबुत पार्नु !

Kumari bank ad

अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार राष्ट्रपतिका रुपमा अन्तिम मन्तव्य दिदै आफ्नो कार्यकाल सफल बनेको दावी गरेका छन् । आठ वर्षसम्म अमेरिकी प्रशासनको उच्च पद सम्हालेको अनुभव साट्न आफू राष्ट्रपति निर्वाचित भएपछि जस्तै सिकागो शहर पुगेका राष्ट्रपति ओबामाले इरानसँग गरेको आणविक सम्झौतादेखि लिएर स्वास्थ्य क्षेत्रमा आफ्नो कार्यकालमा भएको उपलब्धिको चर्चा गरे ।

राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयबाट निराश बनेका आफ्नो समर्थकका माझ उभिएर सम्पूर्ण अमेरिकीलाई न्यायमूखी नयाँ तथा चुस्त समाज निर्माणका लागि प्रजातान्त्रिक मुल्यमान्यतालाई जोगाउन सङ्घर्ष गर्न राष्ट्रपति ओबामाले आग्रह गरे । हामी सबैबीच बाहिरीरुपमा भिन्नता देखिएपनि समग्रहमा हामी सबै सँगै छौं तर अन्धभक्त जातीवाद र असमानता प्रजातन्त्रका मूल्यमान्यता विरुद्ध चुनौति भएकाले सहकार्यगर्दै अघि बढ्नुपर्ने छ, राष्ट्रपति ओबामाले भने , “हामी एक्लै आयौँ र एक्लै जाने छौँ ।”

सन् २००८ मा राष्ट्रपतिमा निर्वाँचित हुँदा जुन आशा र परिवर्तनको सन्देश लिएर वासिङ्टन छिरिएको थियो त्यसलाई सम्बोधन गर्न आपूm सफल बनेको ओबामाको तर्क थियो । उनले मुलुकको आर्थिक प्रगति, इरानसँगको परमाणु सम्झौता, क्यूवासँगको सम्बन्धको पुनःस्थापना र समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने लगायतका काम आफ्नो कार्यकालका प्रमुख उपलब्धि भएको उक्त अवसरमा बताए ।

‘हामी जृुन पार्टीका भएपनि हामी लोकतान्त्रिक समाजको निर्माणमा जुट्नुपर्छ, ओबामाले भने । प्रजातन्त्रताका चुनौतीसँग शाक्तिको प्रयोगभन्दा अधिकार तथा बौद्धिकता र परिश्रम माथि विश्वासले नै संयुक्त राज्य अमेरिकालाई मुलुकको गम्भीर आर्थिक मन्दीको समयमा फासिवाद र निरङ्कुशता प्रतिको आकर्षणलाई प्रतिवाद गर्न मद्दत गरेको थियो र यही विचारले अन्य विश्व समुदायसँग मिलेर दोस्रो विश्वयुद्धपछि अघि बढ्न प्रेरणा दिएको थियो, सम्बोधनका क्रममा उनले बताए ।

राष्ट्रपति ओबामाले रसियाको सहयोगमा ट्रम्पलाई हवाइटहाउस पु¥याइएको भन्ने चर्चालाई सङ्केत गर्दै फासिवाद र निरङ्कुशता प्रतिको आकर्षण प्रजातन्त्रका लागि चुनौति हुनसक्ने पनि बताए ।

प्रकाशित मितिः २०७३ पुस २७

वि.सं.२०७३ पुस २७ बुधवार १७:२४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...