back
NMB ad

दश दिनभित्रै चुनावको मिति घोषणा हुन्छः खनाल

Kumari bank ad

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले अबको १० दिनमै निर्वाचनको मिति घोषणा गरिने बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले निर्वाचनको मिति घोषणा गरेपछि संविधान संशोधनको विधेयकलाई पारित गरिने जिकिर गरे ।  “संशोधन विधेयक पारित भएपछि मात्र अहिलेको राजनीतिक समस्या हल हुन्छ,  आगामी जेठको पहिलो साताभित्रै निर्वाचन गर्ने सरकारको तयारी छ” उनले भने ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले निर्वाचन गराउने हल्ला मात्र गरेको तर निर्वाचन गराउने पक्षमा नरहेको आरोप लगाए । पहिले वैशाखमै चुनाव गराउने जिकिर गरिँदै आए पनि त्यसको सम्भावना नदेखेपछि अब जेठको नारा लगाइएको दोषारोपण उनको थियो ।

नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले संविधान संशोधन भएपछि मात्रै सबै दल निर्वाचनमा जाने वातावरण बन्ने विश्वास व्यक्त गरे । उनले काँग्रेसले सबै दललाई निर्वाचनमा भाग लिने वातावरण तयार गर्न लागिपरेको जनाउँदै जेठमा स्थानीय तहको निर्वाचन भए कात्तिकदेखि मङ्सिरसम्म दुई निर्वाचन गर्न सकिने बताए ।

नेकपा (एमाले)का नेता रघुवीर महासेठले सरकारले संविधान संशोधन विधेयकका नाममा चुनाव नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए । उनले आगामी जेठमा निर्वाचन गराउने सरकारको कुरामा विश्वास नलागेको उल्लेख गर्दै भने, “सरकारले संसद्मा दर्ता गराएको संशोधन विधेयक नै अवैधानिक भएकाले त्यसलाई तत्काल फिर्ता गर्नुपर्छ ।”

नेपाल सद्भावना पार्टीका नेता अनिलकुमार झाले चुनावमा जाने कुरामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विरोधी नभएको स्पष्ट पार्दै मोर्चालाई निर्वाचनमा सामेल गराउन संविधान संशोधन गर्नुपर्ने माग गरे ।

प्रकाशित मितिः २०७३ पुस २८

वि.सं.२०७३ पुस २८ बिहीवार १९:५७ मा प्रकाशित

You can share this post!

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:१६

काठमाडौँ २१ वैशाख: राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...